काठमाडौं । विन्डोज १० र विन्डोज ११ मा एउटा त्यस्तो युनिभर्सल क्लाउड क्लिपबोर्डको सुविधा छ, जसको माध्यमबाट एउटा कम्प्युटरमा भएका टेक्स्टहरू अन्य डिभाइसमा कपी गर्न सकिन्छ ।
त्यस्तै त्यही क्लिपबोर्ड फिचरकै माध्यमबाट तपाईंले कम्प्युटरका कपी गरेर एन्ड्रोइड फोनमा पेस्ट गर्न सक्नुहुन्छ वा एन्ड्रोइड फोनमा भएका टेक्स्ट कपी गरेर कम्प्युटरमा पेस्ट गर्न सक्नुहुन्छ ।
त्यसका लागि तपाईंलाई माइक्रोसफ्ट अकाउन्ट आवश्यक पर्छ । त्यसभन्दा पहिले आफ्नो कम्प्युटर र डिभाइसमा उही अकाउन्ट लगईन गर्नुपर्ने हुन्छ ।
यसरी सेटअप गर्नुहोस् युनिभर्सल क्लाउड क्लिपबोर्ड
तपाईंले सबैभन्दा पहिले आफ्नो विन्डोजमा युनिभर्सल क्लाउड क्लिपबोर्ड सेटअप गर्नुपर्ने हुन्छ । विन्डोजमा क्लिपबोर्ड सेटअप गर्नः
-त्यसपछि क्लिपबोर्ड हिस्ट्री र सिंक एक्रश डिभाइस (Clipboard history and sync across device) अप्सन अन गर्नुहोस् ।
-त्यसपछि डिफल्ट रूपमा नै अटोम्याटिकल्ली सिंक टेक्स्ट ड्याट आइ कपी भन्ने अप्सन छानिएको हुन्छ । यदि छैन भने त्यो अप्सन छान्नुहाेस् ।
यदि तपाईंले युनिभर्सल क्लाउड क्लिपबोर्ड प्रयोग गर्नुभएको छैन भने यसरी प्रयोग गर्न सक्नुहुन्छ ।
-सबैभन्दा पहिले कुनै टेक्स्टलाई कपी गर्नुहोस् ।
-त्यसपछि वर्ड अथवा टेक्स्ट पेस्ट गर्नुपर्ने ठाउँमा गई विन्डोज की र भी (Win+V) थिच्नुभयो भने तपाईंले त्यहाँ आफूले कपी गरेको टेक्स्ट देख्न सक्नुहुन्छ । यसका माध्यमबाट अलग-अलग वाक्य कपी गरे पनि एउटै समयमा सबै पेस्ट गर्न सकिन्छ ।
माइक्रोसफ्ट स्विफ्ट कीबोर्ड डाउनलोड गर्नुहोस्
कम्प्युटरमा क्लिपबोर्डका सम्पूर्ण प्रक्रिया पूरा गरी सकेपछि तपाईंले अब केही काम आफ्नो डिभाइसमा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले गुगल प्लेस्टोरबाट माइक्रोसफ्ट स्विफ्ट कीबोर्ड डाउनलोड गर्नहाेस् ।
स्विफ्ट की कीबोर्ड इन्स्टल भइसकेपछि सो एप खोल्नुहोस् । त्यहाँ सबैभन्दा पहिलो अप्सनमा ‘इनेबल स्विफ्ट की’ देखिन्छ ।
त्यसमा ट्याप गरेपछि अन्तिममा ‘माइक्रोसफ्ट स्विफ्ट कीबोर्ड’ भन्ने अप्सन अप्सन देखिन्छ, जसलाई हामीले अन गर्नुपर्ने हुन्छ । त्यसपछि पुनः सो एपको होमपेजमा फर्किनुहोस् ।
दोस्रोमा भएको ‘सेलेक्ट स्विफ्ट की’ मा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि डिभाइसमा पहिल्यै भएको कीबोर्ड र स्विफ्ट कीबोर्डमध्ये कुनै एउटा छान्ने अप्सन देखाएको हुन्छ । त्यसमा तपाईंले ‘स्विफ्ट की कीबोर्ड’ छान्नुहाेस् ।
त्यसपछि अन्तिममा रहेको ‘फिनिस अप’ भन्ने अप्सनमा ट्याप गर्नुभयो भने पहिलो चरणका प्रक्रिया सकिन्छन् ।
पहिलो चरणको काम सकिएपछि तपाईंले आफ्नो अकाउन्ट प्रयोग गरी साइनअप गर्नुपर्ने हुन्छ । (याद राख्नुहोस् तपाईंले जुन अकाउन्ट विन्डोजमा प्रयोग गर्नुभएको छ, त्यही अकाउन्ट फोनमा साइनअप गर्दा प्रयोग गर्नुपर्ने हुन्छ ।)
-साइनअप गरी सकेपछि सफल भएको पेज देखिन्छ ।
-त्यसपछि तपाईंलाई माइक्रोसफ्टमा डेटाहरू शेयर गर्ने एग्री हुनुहुन्छ भन्ने विकल्प आउँछ । तपाईंले ‘एस’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंको डिभाइसमा इन्स्टलेसनको प्रक्रिया सफल भयो भन्ने नोटिफिकेसन आउँछ ।
-यो प्रक्रिया सकिएपछि तपाईंले माइक्रोसफ्टको स्विफ्ट कि कीबोर्डको सेटिङ भएको पेजमा पुग्नुहुन्छ ।
-त्यसमा रिच इनपुट (Rich Input) भन्ने अप्सन देखिन्छ । तपाईंले त्यसमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ ‘क्लिपबोर्ड’ भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गरेर ‘रिमेम्बर कपीड आइटम्स’ अप्सन अन गर्नुपर्ने हुन्छ ।
-रिमेम्बर कपिड आइटम्सको तल सिंक क्लिपबोर्ड हिस्ट्री अप्सन अन गर्न पर्ने हुन्छ ।
-यसभन्दा पछाडि तपाईंले अब यो फिचर आफ्नो डिभाइसमा प्रयोग गर्न सक्नुहुन्छ ।
यी सबै प्रक्रिया अपनाइसकेपछि अब तपाईंले आफ्नो विन्डोज कम्प्युटरमा टेक्स्ट कपी गर्नुपर्ने हुन्छ । त्यस्तै तपाईंले आफ्नो एन्ड्रोइड फोनमा एउटा त्यस्तो एप खोल्नुहोस्, जहाँ शब्द टाइप गर्न सकियोस् ।
उदाहरणका लागि म्यासेन्जर, ईमेल वा नोट्स । त्यसपछि टेक्स्ट टाइप गर्ने ठाउँमा ट्याप गर्नुहोस् । त्यसको तल कीबोर्डको क्लिपबोर्डको आइकन देखिन्छ ।
त्यसमा ट्याप गरेर तपाईंले एन्ड्रोइड फोनबाट कम्प्युटरमा र कम्प्युटरबाट एन्ड्रोइड फोनमा टेक्स्ट पेस्ट गर्न सक्नुहुन्छ । त्यस्तै
जब जब तपाईंलाई नयाँ टेक्सहरू अन्य डिभाइसमा पेस्ट गर्नपर्छ, तब तपाईंले सिंक हिस्ट्री अन गर्नुपर्ने हुन्छ । यसरी तपाईंले एन्ड्रोइड डिभाइसबाट कम्प्युटरमा र कम्प्युटरबाट एन्ड्रोइड फोनमा टेक्स्ट पेस्ट गर्न सक्नुहुन्छ ।