close

यूएसबी ड्राइभ यसकारण तपाईंको कम्प्युटरका लागि खराब हुन सक्छ

टेकपाना टेकपाना

जेठ २५, २०७९ ९:५९

यूएसबी ड्राइभ यसकारण तपाईंको कम्प्युटरका लागि खराब हुन सक्छ

काठमाडौं । तपाईंले पक्कै पनि आफ्नो कम्प्युटरमा यूएसबी ड्राइभ प्रयोग गर्नुभएको छ होला । अथवा आफ्नो यूएसबी ड्राइभ कसैको फोन वा कम्प्युटरमा राखेर डेटा अवश्य पनि शेयर गर्नुभएको हुनसक्छ ।

यसो गर्दा तपाईंले आफ्नो या अरू कसैको डिभाइस खराब बनाइरहनु भएको छ । कसरी ? आज हामी यूएसबी ड्राइभले कम्युटरलाई कसरी हानी गरेको छ भन्ने विषयमा चर्चा गर्छौं ।

सम्भवतः यूएसबी ड्राइभको जोखिम भनेको मालवेयर फैलिनु हो । यूएसबीद्वारा मालवेयर कसैले आफ्नो स्वार्थका लागि फैलाएका हुन्छन् भने कतिपय अवस्थामा हाम्रो अज्ञानताले फैलिने गर्छ ।

यूएसबी ड्राइभबाट मालवेयर फैलिएको घटना सन् २०१० मा पहिलो पटक देखिएको हो, जसलाई द स्टुक्सनेट वर्म भनिएको छ । यो मालवेयर विन्डोज २००० बाट विन्डोज ७ मा पठाइएको थियो ।

स्टुक्सनेट यूएसबी ड्राइभ प्रयोग गरी बाहिर ल्याइएको विश्वास छ । यो वर्म एउटा त्यस्तो उदाहरण हो, जो स्वतः एकबाट दुईहुँदै चारका दरले फैलिने गर्छ ।

त्यस्तै यूएसबी ड्राइभका माध्यमबाट रिमोट एक्सेस ट्रोजन्स (र्‍याट्स-एउटा त्यस्तो मालवेयर जो ह्याकरलाई कुनै पनि कम्प्युटर उसको नियन्त्रणमा लिन सघाउँछ) फैलिने जोखिम पनि उत्तिकै हुन्छ ।

र्‍याट्सका माध्यमबाट ह्याकरले कुनै पनि प्रयोगकर्ताको संवेदनशील डेटा चोर्ने गर्छन् । त्यसपछि प्रयोगकर्ताबाट मोटो रकम माग गरी ब्ल्याकमेल गर्ने गर्छन् ।

त्यस्तै र्‍यान्समवेयर यूएसबीमार्फत फैलिनु आजको एक मुख्य समस्या हो, जुन अहिले निकै नै बढिरहेको पनि छ ।

२०२२ मा एफबीआईले सार्वजनिक गरेको विवरणमा एउटा ‘फिन७’ (FIN7) नामक समूहले यूएसबी ड्राइभलाई अमेरिकाका विभिन्न कम्प्युटरमा पठाइरहेकाे थियाे ।

विभिन्न कम्पनीका अनुसार त्यस समूहले उनीहरूलाई अमेरिकी स्वास्थ तथा मानव सेवा विभागले कोभिड-१९ को गाइडेन्स पठाएजस्तो बनाएर केही यूएसबी ड्राइभ समावेश थिए, जसमा विभिन्न गिफ्टकार्ड, अमेजनको ब्राण्डेड उपहार र इन्फेक्टेड (संक्रमित) यूएसबी ड्राइभ भएको पाइएको थियो ।

यस प्रकारको आक्रमणमा जब ती यूएसबी ड्राइभहरू प्रयोग गरियो, तब त्यसले डिभाइसमा भएका विभिन्न फाइलहरूलाई संक्रमित पार्नेगर्थ्यो ।

यूएसबी ड्राइभहरूलाई प्रायः पेन ड्राइभ भन्ने बुझिन्छ । तर, कीबोर्ड, माउस, वा गेमप्याडलाई मालवेर संक्रमित हुनेगरी कस्टमाइज गरी फैलाइएको पाइएको थियो ।

एउटा कुनै डिभाइसमा मालवेयर संक्रमित यूएसबी ड्राइभ प्रयोग गरियो भने त्यसले सो डिभाइसमा भएका सम्पूर्ण फाइलहरूलाई संक्रमित बनाइदिन्छ ।

त्यसपछि यो कम्प्युटरमा कुनै स्वस्थ यूएसबी ड्राइभ प्रयोग भयो भने त्यो पनि संक्रमित हुन्छ । त्यसरी यूएसबीबाट विभिन्न किसिमका मालवेयर फैलिएका हुन्छन् ।

त्यस्ता जोखिमयुक्त यूएसबी डिभाइसबाट कसरी बच्ने ?

तपाईंले यस्ता संक्रमित यूएसबीबाट आफ्नो डिभाइस बचाउन सबैभन्दा पहिले सो ड्राइभ जाँच गर्नुपर्ने हुन्छ । यदि तपाईंले कुनै पनि ड्राइभ कतै भेटाउनुभयो भने त्यो चाहे १ टेराबाइट कै किन नहोस्, त्यसलाई नउठाउनु होस् ।

तपाईंको हातमा कुनै पनि यूएसबी ड्राइभ छ भने त्यो कहाँबाट आएको हाे भन्ने कुरा जानकारी नभएसम्म प्रयोगमा नल्याउनुहोस् ।

तपाईंले कुनै पनि नयाँ यूएसबी ड्राइभ खरिद गरेर ल्याउनुभयो भने त्यसलाई आफूले विश्वास गरेका डिभाइसबाहेक अन्त कतै प्रयोग नगर्नुहोस् । त्यसको अर्थ कुनै पनि सार्वजनिक डिभाइस (अर्थात् त्यस्तो डिभाइस जो धेरै व्यक्तिले प्रयोग गरिरहेका हुन्छन्) मा प्रयोग नगर्नुहोस् ।

त्यस्तै तपाईंले कुनै पनि यूएसबी ड्राइभ खरिद पासवर्ड प्रयोग हुने किसिमको हुनुपर्छ । त्यस्तै तपाईंले कुनै पनि फाइललाई एक्सेस दिनुपूर्व त्यसमा लक/अनलकको विशेषता समावेश भएको यूएसबी खरिद गर्न सक्नुहुन्छ । यस्ता यूएसबी सामान्य यूएसबीभन्दा केही महँगो परे तापनि तपाईंको डिभाइसलाई सुरक्षित बनाउँछन् ।

मालवेयरले तपाईंको वर्षौदेखिको मेहनत एकैछिनमा बर्बाद बनाइदिन सक्छन् । त्यस्तै केही रेन्समवयरले त झन् तपाईंको अपरेटिङ सिस्टम  र डेटा नष्ट बनाई पैसासमेत गायब पार्दिन सक्छन् ।

त्यस्तै कुनै मालवेयर, डेटा कहिल्यै फिर्ता ल्याउन नसकिने किसिमले विकास गरिएका हुन्छन् ।

त्यसैले कुनै पनि बेला तपाईंको डिभाइस यूएसबी ड्राइभका माध्यमबाट संक्रमित हुनसक्छ । त्यसका लागि तपाईंले पहिले नै विभिन्न सुरक्षाका उपाय अपनाउनुका साथै ब्याकअप सोलुसन राख्नुपर्ने हुन्छ । तपाईंसँग कम्तिमा एक लोकल अथवा रिमोट ब्याकअप हुन आवश्यक हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६