close

यसरी सजिलै बुझ्नुहोस् गुगल टास्क म्यानेजरको काम र यसलाई प्रयोग गर्ने तरिका

टेकपाना टेकपाना

असार ३०, २०७९ १६:७

यसरी सजिलै बुझ्नुहोस् गुगल टास्क म्यानेजरको काम र यसलाई प्रयोग गर्ने तरिका

काठमाडौं । गुगल क्रोमका असङ्ख्य फिचरहरूले यसलाई सबैमाझ प्रख्यात र लोकप्रिय बनाएको छ । के तपाईँलाई क्रोमको बिल्ट-इन (सिस्टमभित्रै रहेको) टास्क मेनेजरका बारेमा थाहा छ ?

विशेषतः गुगल क्रोमले ‘मल्टी प्रोसेस आर्किटेक्चर’ प्रयोग गर्छ । जसले गर्दा तपाईँले क्रोम ब्राउजरमा खोलेको ट्याबले व्यक्तिगत प्रक्रियाबाट काम गर्छ । कतिपय अवस्थामा ब्राउजर खराब भई ढिलो चल्न थाल्छ ।

यस्तोमा एक्कासि किन त्यस्तो समस्या आयो भन्ने पहिचान गर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा क्रोमको टास्क मेनेजरले सहयोग गर्छ ।

यसले सिस्टममा के खराबी छ भन्ने कुरा निगरानी गर्नुभन्दा पहिले तपाईँले ट्याबमा गरिरहेका काम पूरा गर्न सघाउँछ । जसले गर्दा तपाईँले कम्प्युटर रिस्टार्ट नगरी आफ्नो काम सम्पन्न गर्न सक्नुहुन्छ ।

गुगल क्रोमको टास्क मेनेजरमा कसरी पुग्ने ?

  • सबैभन्दा पहिले क्रोममा गएर माथि दायाँपट्टि रहेको तीन ओटा थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि मोर टुल्स (More Tools) अप्सन छान्नुहोस् ।
  • त्यसपछि त्यहाँ टास्क म्यानेजरको अप्सनमा ट्याप गर्नुहोस् ।
  •  यस बाहेक सोझै शिफ्ट र एस्क कि (Shift+Esc) सँगै दबाएर टास्क म्यानेजरमा पुग्न सक्नुहुन्छ ।

यसरी प्रयोग गर्नुहोस् गुगल क्रोमको टास्क मेनेजर 

तपाईँले एकपटक माथि उल्लेख गरिएको प्रक्रिया अपनाउनु भयो भने त्यहाँ तपाईँले ट्याब देख्न सक्नुहुन्छ । त्यस्तै टास्क म्यानेजरमा कति मेमोरी प्रयोग भइरहेको छ, त्यसको प्रोसेस आईडी आदि जानकारी हेर्न सकिन्छ ।

तपाईँले त्यहाँ क्रोमको कुन एक्सटेन्सनले सिस्टमको धेरै स्रोत खपत गरिरहेको छ भन्ने पनि देख्न सक्नुहुन्छ । यदि कुनै अनावश्यक एक्सटेन्सनले सिस्टमको स्रोत अधिक मात्रामा खपत गरिरहेको छ भने त्यसमा डबल क्लिक गरी हटाउन सक्नुहुनेछ ।

टास्क म्यानेजरको थप काम

डिफल्ट रूपमा टास्क म्यानेजरले त्यहाँ भइरहेका प्रक्रियाको सबै जानकारी देखाउँदैन । तपाईँले प्रयोग गरिरहेको क्रोमको ट्याबमा के समस्या छ भन्ने कुराका लागि डिफल्ट रूपमा उपलब्ध जानकारी वा विवरण अपुग हुन सक्छन् ।

यसमा नयाँ क्याटेगोरी राख्नका लागि सोझै टास्क म्यानेजरमा गएर माउसमा राइट क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि भने तपाईँले थप विवरण जस्तै ईमेज क्याश, स्टार्ट टाइम, जाभास्क्रिप्ट मेमोरी लगायत अन्य १५ बढी क्याटोगोरीका विवरण हेर्न सक्नुहुन्छ ।

तपाईँले त्यहाँ कुनै एउटा (जीपीयू मेमोरी) क्याटेगोरीमा टिक लगाउनु भयो भने दायाँतर्फ स्लाइड गरेर टास्क म्यानेजरमा कुन एक्सटेन्सन वा ट्याबले कति जीपीयू मेमोरी खपत गरिरहेको छ भन्ने जानकारी पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३