close

प्लगबाट चार्जर निकाल्दा मात्रै पनि जोगिन्छ तपाईंको यति रकम

टेकपाना टेकपाना

साउन २८, २०७९ १०:१५

प्लगबाट चार्जर निकाल्दा मात्रै पनि जोगिन्छ तपाईंको यति रकम

काठमाडौं । जब तपाईंले कुनै पनि डिभाइस वा उपकरण बन्द गर्नुहुन्छ । तब तपाईंलाई त्यसले ऊर्जा खपत गर्दैन भन्ने लागेको हुनसक्छ । तर, यसरी अफ गर्दा पनि बिजुली खपत भइरहेको हुन्छ ।

हिटर, फ्रिज, वासिङ मसिनदेखि ल्यापटप, प्रिन्टर लगायतका विद्युतीय उपकरणलाई प्लगबाट निकाले पनि त्यस्ता उपकरणले केही काम गरिरहेका हुन्छन् । जसले आन्तरिक रूपमा विद्युत खपत गरिरहेको हुन्छ । यसबाट विद्युत खपत घटाउन तपाईंले चार्जरलाई प्लगबाट निकाली दिए पुग्छ ।

कुनै पनि विद्युतीय उपकरणको काम नभएको खण्डमा त्यसलाई बन्द गरेर प्लगबाट निकाल्न उपयुक्त हुन्छ । प्लगबाट निकाल्नुले मात्र पनि हामीले कैयौँ युनिट विद्युत खपत हुनबाट रोक्न सक्छौँ ।

यसरी लामो समयसम्म प्लगबाट डिभाइसको केबल निकाल्दा हामीले पैसाका साथसाथै विद्युत पनि बचाइरहेका हुन्छौं ।

हामीले त्यसरी प्लग निकाल्दा मात्र कति बचाउँछौँ होला त ?

के तपाईंले त्यसरी प्लग निकालेर बचाएको विद्युत कत्तिको महत्त्वपूर्ण हुन्छ होला त ? विद्युतीय उपकरणको प्लग झिक्ने र लगाउने गरिरहँदा हाम्रा लागि त्यो कत्तिको उपयुक्त होला त ? आज हामी उपकरणको चार्जिङ केबललाई प्लगबाट निकाल्नुले कसरी पैसा बचाउँछ, कति पैसा बचाउँछ त भन्ने विषयमा जानकारी दिन्छौँ ।

विद्युतीय उपकरणको चार्जिङ केबल निकाल्दा कसरी पैसा बचाउन सकिन्छ ? उपकरण बन्द गरिसकेपछि त्यसलाई प्लगबाट निकाल्ने कुरा अस्वभाविक लाग्न सक्छ । हुन पनि जब कुनै डिभाइस अफ छ भने त्यसलाई ऊर्जाको के आवश्यक ?

यो मानसिकता हुनु स्वाभाविक नै हो । तर, वास्तविकता अर्कै छ ।

अमेरिकास्थित इनर्जीडटजीओभीका अनुसार कुनै पनि विद्युतीय उपकरण अफ गर्दा त्यसलाई कुनै न कुनै काम गर्न बाह्य ऊर्जाको खाँचो परिरहेको हुन्छ । अफ गर्दा पनि किन पावर खपत हुन्छ त भन्ने कुरा यहाँ उल्लेख गरिएको छ ।

  • कतिपय डिभाइस अफ भइसकेपछि पनि ती डिभाइसले लाइटका रूपमा वा अन्य डिस्प्लेलाई डिभाइस अफ छ भन्ने जानकारी दिन ऊर्जा खपत गरिरहेका हुन्छन्।
  • कम्प्युटरमा स्लिप मोडमा राखेको छ भने पनि त्यसले ऊर्जा खपत गरिरहेको हुन्छ ।
  • कतिपय चार्जरले डिभाइस नजोडिएको खण्डमा पनि पावर तानिरहेका हुन्छन् ।
  • कतिपय मिडिया प्लेयरले डिभाइस अफ भइसके पनि ब्याकग्राउन्डमा अपडेटका लागि स्क्यान गरिरहेका हुन्छन् ।
  • पछिल्लो समय बजारमा आएका विभिन्न उपकरण जस्तै फ्रिज, ड्रायेर्ससा अल्वेज अन (सधैं बलिरहने) डिस्प्ले, इन्टरनेट कनेक्सन तथा अन्य विद्युतीय कन्ट्रोलर रहेका हुन्छन् ।

यसरी माथि उल्लेख गरिएका विभिन्न कारणले गर्दा डिभाइस अफ हुँदा पनि प्लगबाट निकालेको छैन भने त्यसले ऊर्जा खपत गरिरहेको हुन्छ । 

कति पैसा बचाउन सकिन्छ त, प्लगबाट डिभाइस निकालेर?

अफ गरको वा भनौँ डिभाइसको काम नभएको बेला प्लगबाट निकाल्नुले कति पैसा बचाउँछ भन्ने कुरा विभिन्न देश अनुसार फरक फरक हुन्छ । त्योभन्दा भन्दा पनि मुख्य कुरा तपाईंले कति ओटा डिभाइस कसरी प्रयोग गर्नु हुन्छ भन्ने कुरा आउँछ ।

अमेरिकाको ऊर्जा विभागका अनुसार अमेरिकामा औसत घरधुरीले वार्षिक १०० डलर (साढे १२ हजार रूपैयाँ बढी) बचाउन सक्छन् ।

नेपालमा विद्युत महसुल अन्य देशको तुलनामा कम नै छ । कम पर्छ भन्दैमा प्लगबाट निकाल्दै ननिकाल्ने भन्ने पनि हुँदैन ।

प्लगबाट झिक्नुले विभिन्न शट सर्किटबाट बचाउँछ । चट्याङ पर्दा हुनसक्ने जोखिमलाई पनि प्लगबाट डिभाइस निकाल्नुले कम लाग्छ ।

द नेचुरल रिसोर्स डिफेक्स काउन्सिलको एउटा प्रतिवेदनको अनुसार प्रयोग नभएको बेला सबैले आफ्नो विद्युतीय उपकरण अन प्लग गर्ने हो भने पनि वार्षिक करिब आठ मिलियन डलर खर्च बच्ने उल्लेख गरिएको छ ।

साथै वार्षिक करिब ६४ बिलियन किलोवाट प्रति घन्टा विद्युत बचत हुने बताइएको छ । साथै विद्युतीय उपकरण अन प्लग गर्दा पनि वार्षिक ४४ मिलियन मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जनलाई रोक्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै द नेचुरल रिसोर्स डिफेक्स काउन्सिलले अनुमान गरे अनुसार सँधै विद्युतीय उपकरण अन राख्ने हो भने एउटा परिवारले विद्युतको महसुल १६५ अमेरिकन डलरसम्म बढी तिर्न पर्नसक्ने बताइएको छ ।

त्यसैले प्रयोग नभएको बेला विद्युतीय उपकरण अनप्लग गर्ने बानी बसाल्नुहोस् ।

प्रयोग नहुँदा बत्ती तथा पङ्खा बन्द गर्ने गर्नुहोस् । यसो गर्दा मात्र पनि तपाईंले आफ्नो पैसा तथा वातावरणलाई पनि जोगाउन सक्नुहुनेछ । साथै यसको विद्युतको अभावलाई समय केही हदसम्म गर्न सक्छ ।

सम्बन्धित समाचार: विद्युतीय उपकरण प्रयोग नहुँदा पनि प्लग जोड्ने गर्नुहुन्छ ? यस्तो छ जान्नैपर्ने कुरा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३