काठमाडाैं । आजकल हामी धेरैजसाे समय स्क्रिनमा बिताउछाैँ । चाहे भिडिओ हेरेर हाेस् या कुनै समाचार पढेर । अझ तपाईँ सफ्टवेयर डेभलपर हुनुहुन्छ भने त स्क्रिन समय बढी हुने नै भइहाल्याे ।
सफल सफ्टवेयर डेभलपर बन्ने मुख्य सुत्र नै सिकाइकाे भाेकाे हुनु हाे ।
आज हामी सफ्टवेयर डेभलपरले पढ्नैपर्ने पाँच पुस्तकबारे बताउँदै छाैँ ।
१. फाेर्टी एल्गाेरिदम्स एभ्री प्राेगामर सुड नाे (40 Algorithms Every Programmer Should Know)
कम्प्युटर प्राेगामिङमा एल्गाेरिदमकाे भूमिका निकै महत्वपूर्ण हुन्छ । अनेकन् समस्याहरुकाे समाधान एल्गाेरिदमकाे सही प्रयाेगबाट हुन्छ ।
यसकारण पनि प्राेगामर, डेभलपरले एल्गाेरिदमबारे गहिराे ज्ञान राख्न जरुरी छ ।
याे पुस्तकले तपाईंलाई एल्गाेरिदम विकासबारे सीप सीकाउनुका साथै यसले कसरी काम गर्दछ भन्ने ज्ञानसमेत प्रदान गर्दछ ।
याे पुस्तकबाट सिक्न सकिने मुख्य कुरा:
अपजेक्ट डिटेक्सनका लागि न्यूरल नेटवर्क प्रयाेग गर्न
नेटवर्क एनलाइज प्रयाेग गर्दै फ्रड डिटेक्सनका लागि ग्राफ एल्गाेरिदम लागू गर्न
पाइथन लाइब्रेरीहरुमा भएका डेटा स्ट्रकचर र एल्गाेरिदमहरु खाेजी गर्न
सब्सक्राइबरहरुलाई सान्दर्भिक चलचित्र हेर्न सुझाउने एल्गाेरिदम बनाउन आदि ।
यस पुस्तक प्याकेट प्रकाशनले २०२० मा प्रकाशन गरेकाे हाे भने इमरान अहमदले लेखेका हुन् ।
२. दी प्रागमेटिक प्राेगामर (The Pragmatic Programmer)
सफ्टवेयर डेभलपरकाे क्षेत्रमा तपाईं नयाँ पुरानाे जे भए पनि जब तपाईं याे पुस्तक पढ्नुहुन्छ, प्रत्येक पटक ताजा तथा नयाँ विचार आफूमा आएकाे महसुस गर्नुहुन्छ ।
यस पुस्तकले व्यक्तिगतजिम्मेवारीदेखि करियर विकाससम्मका विषयहरु समेटेकाे छ, जसले तपाईंकाे काेडिङमा सहज, सजिलाे बनाउँदछ ।
याे पुस्तक पढेपछि निम्न कुरा थाहा पाउन सकिन्छ:
व्यवहारिक (Pragmatic) प्राेगामरहरुकाे समूह बनाउन
आफ्नाे काम र करियरकाे बारेमा जिम्मेवार बन्न
लचिलो, गतिशील र अनुकूलनीय काेड लेख्न
सुरक्षा कमजोरीहरू विरुद्ध गार्ड गर्न
डेभिड थाेमस र एन्ड्रयू हन्टले लेखेका यस पुस्तक एडिसन-वेस्ले प्रोफेसनल प्रकाशन गृहले सन् २०१९ मा प्रकाशन गरेकाे हाे ।
३. सी# ९.० इन अ नटशेल (C# 9.0 in a Nutshell)
सी# ९.० बारे अथवा डटनेट ५ (NET 5) बारे जिज्ञासा भए याे पुस्तक पढ्न आवश्यक छ ।
यसमा सी# ९.० र डट नेट ५ का अवधारणा प्राेगामरहरुलाई सुहाउँदाे तरिकाले राखिएकाे छ, जसका कारण यी विषयमा ज्ञान लिन सजिलाे हुन्छ ।
यस पुस्तक पढेपछि निम्न कुरा गर्न सकिन्छ:
सी# छिटाे सिक्न Syntax (सिनट्याक्स) र भेरियएबल
रेगुलर एक्सप्रेसन, नेटवर्किङ, स्पान आदिसँगै डटनेटमा काम गर्न
लिनक्सबारे गहिराे ज्ञान लिन
जोसेफ अलबहारीले सन् २०२१ मा लेखेका यस पुस्तककाे प्रकाशन ओ’राइली मिडिया इन्कले गरेकाे हाे ।
४. लर्निङ डाेमेन ड्रिभन डिजाइन (Learning Domain Driven Design)
सफ्टवेयर विकास एक कठिन काम हाे । तर याे पुस्तकले तपाईंकाे त्याे अफ्ठ्याराे हटाउँछ ।
किनकि यस पुस्तकले तपाईंलाई व्यापार डोमेनहरूकाे विश्लेषण गर्न, व्यापार रणनीति बुझ्न, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, सफ्टवेयर डिजाइनलाई यसको व्यावसायिक आवश्यकताहरूसँग पङ्क्तिबद्ध गर्नको लागि मुख्य ढाँचा, सिद्धान्त र अभ्यासहरूको सेट प्रदान गर्दछ ।
यस पुस्तकबाट हामीले निम्न कुराहरु सिक्न सक्छाैँ ।
समूहमा धेरै जनासँग काम गर्नसक्ने बन्न
तपाईंले बनाउने बिजनेस डाेमेनबारे साझा धारणा बनाउन
विस्तारै डीडीडीबाट ब्राउनफिल्ड प्राेजेक्टहरूसँग परिचित हुन
भ्लाद खोनोनोभले सन् २०२१ मा लेखेका यस पुस्तकलाई ओ’राइली मिडिया इन्कले बजारमा ल्याएकाे हाे ।
५. फाइथन फाेर डेटा एनलाइज (Python for Data Analysis)
यस पुस्तककाे अध्ययनपछि तपाईंले पाइथनमा डेटासेटहरु म्यानिपुलेट, प्राेसेसिङ, क्लिनिङ र क्रञ्चिङ गर्न सिक्नुहुने छ ।
साथै तपाईंले पान्डाज, नमपाइ, आईपाइथन र जुपाइटरका नवीनतम कुराहरु सिक्न सक्नुहुन्छ ।
यस पुस्तकले निम्न कुरा सिक्न मद्दत गर्दछ ।
फङ्गसनल इन्टरफेसहरु, ल्याबदा एक्सप्रेसन, मेथड रिप्रेन्सेस र स्ट्रिम
इन्टरफ्रेसमा भएका डिफल्ट र स्टाटिक मेथडहरु
टाइफ इन्टरफेस, जेनेरिक अपेरेटरका लागि डाइमण्ड अपरेटरहरु
याे पुस्तकलाई सन् २०१७ मा एडिसन-वेस्ले प्रोफेसनल प्रकाशन गृहले बजारमा ल्याएकाे थियाे भने जोशुआ ब्लोचले लेखेका हुन् ।