काठमाडाैं । कुनै पनि सीप सिक्न निश्चित समय र प्रक्रिया चाहिन्छ । तर आफूले सिक्ने कुराबारे थाेरै भए पनि जानकार भयाैँ भने छिटाे परिणाम हासिल गर्न सकिन्छ ।
काेडिङ याे समयकाे जल्दाेबल्दाे सीप हाे । यसमा ज्ञान छ भने तपाईंले घरैमा बसेर धेरै काम गर्न सक्नुहुन्छ ।
तपाईं पनि याे सीप सिक्न खाेज्दै हुनुहुन्छ भने यी १० कुरा काम लाग्न सक्छ ।
१. काेडिङ सिक्न सुपर कम्प्युटर आवश्यक छैन
‘मसँग महँगा/शक्तिशाली कम्प्युटर भए काेडिङ गर्थेँ’ भन्ने साेचिरहनु भएकाे छ भने त्याे पूर्ण गलत साेच हाे । तपाईंले यस्तै साेचेर आजसम्म काेडिङ सिक्नु भएकाे छैन भने याे तपाईंकाे बहाना सिवाय केही हैन । काेडिङ सिक्न साधारण डिभाइस भए पनि पर्याप्त हुन्छ ।
२. गुगलिङ: हुनै पर्ने सीप
हामी आजभाेलि पर्याप्त सूचना/स्राेत भएकाे संसारमा बाँचिरहेका छाैंँ, जहाँ सूचना प्राय: जसाे निःशुल्क अथवा अति कम मूल्यका हुन्छन् ।
हामीसँग मात्र राम्राे डिभाइस र गुणस्तरीय इन्टरनेटकाे पहुँच भयाे भने धेरै कुरा निःशुल्क रुपमा सिक्न सक्छाैँ । काेडिङबारे विश्वस्तरीय काेर्षहरु पनि तपाईंले गुगलमा सर्च गरेकाे भरमा फेला पार्न सक्नुहुन्छ ।
३. गणितमा पाेख्त हुनपर्छ भन्ने छैन
हामीले प्राय: कम्प्युटर विज्ञानमा आधारित फिल्ममा आईक्यू लेभल धेरै भएका, गणितमा पाेख्त भएका पात्रले काेडिङ गरिरहेकाे देख्छाैँ ।
तर वास्तवमा गणितकाे त्यति धेरै ज्ञान नभए पनि तपाईंले काेडिङ गर्न सक्नुहुन्छ ।
गणितका आधारभूत ज्ञान भए तपाईंले सजिलै काेडिङमा सिक्न सक्नुहुनेछ ।
४. सय अपूर्ण काम भन्दा एउटा पूर्ण काम गर्नु उत्तम
तपाईंका याेजनाहरु भन्दा पनि गरेका कामका आधारमा मान्छेहरुले न्याय गर्ने गर्दछन् ।
यसकाे कारण सय अपूर्ण प्राेगाममा काेडिङ गर्नुभन्दा पनि एउटालाई पूर्ण गर्नु उत्तम हुन्छ ।
यसले तपाईंकाे पोर्टफोलियो पनि बलियाे बनाउन मद्दत गर्दछ ।
५. स्मार्ट तरिकाले काम गर्नुहाेस्
काममा कडा परिश्रम गरिरहँदा तपाईं आफ्नाे उद्देश्यतिर पनि लम्किरहनु भएकाे हुन्छ । तर त्यही काम स्मार्ट तरिकाले गर्नुभयाे भने त्याे उद्देश्यकाे दूरी कम हुन जान्छ ।
यदि याे दुवैलाई आफ्नाे काममा जाेड्नुभयाे भने त तपाईंलाई कसैले आफ्नाे यात्रामा राेक्न सक्दैनन् । काेडिङकाे मामलामा पनि याे तरिका अपनाउनुभयाे भने तपाईं चाँडै सफल हुनुहुनेछ ।
६. याे म्याराथन हाे, छाेटाे दूरीकाे दाैड हैन
काेडिङकाे आकाश जहिल्यै पनि फराकिलाे हुँदै जाने क्षेत्र हाे । यसकाे मतलब यसमा विकास वा परिवर्तन कहिल्यै राेकिँदैन । यसर्थमा पनि याे क्षेत्र विशाल छ । सिक्न समय लाग्न सक्छ ।
तर तपाईंमा धैर्यता भने हुनुपर्छ । दिनकाे १८-२० घन्टा यसमा बिताउँदा बरु तपाईं बिरामी पर्न सक्नुहुन्छ । तर यसकाे गहिराइ तुरून्त भेट्टाउन सक्नुहुन्न ।
७. ट्युटाेरियलले तपाईंलाई वास्तविक सीप सिकाउँदैन
काेडिङमा आवश्यक पर्ने एक महत्त्वपूर्ण सीप हाे, समस्या समाधान ।
तपाईंले बारम्बार खेप्ने असफलताहरुबाट मात्र याे सीप प्राप्त हुन्छ । तर ट्युटाेरियलहरुले तपाईंले धेरैले बनाएका, सजिलाे र सफल भइसकेका काेडिङहरु मात्र सिकाउँछन् ।
८. एक पटक बनाएकाे प्राेजेक्ट कहिल्यै पूर्ण हुँदैन
पारेटो सिद्धान्तका अनुसार ८० प्रतिशत परिणामहरू मात्र २० प्रतिशत इनपुटहरूबाट आउँछन् । यस कारण आफ्नो २० प्रतिशत के हाे पत्ता लगाउनुहोस् र त्यसमा केन्द्रित हुनुहाेस् ।
९. निरन्तरता: सफलताकाे साँचाे
कसैले दैनिक १८-२० घन्टा सिक्छ भन्दैमा उ चाँडाे सफल हुन्छ भन्ने छैन ।
तर एक घन्टा पूर्ण तनमनका साथमा २० दिनसम्म सिक्छ भने उ पक्कै सफल हुन्छ ।
एउटा कुरा के भने तपाईंले दिमागलाई खुवाएकाे खुराक पच्न समय लाग्दछ ।
१०. ओपन साेर्सहरुले तपाईंकाे क्षमता विकास गर्न मद्दत गर्दछ
ओपेन साेर्स, विभिन्न सफ्टवेयर र उपकरणहरू निर्माण गरेर सिक्ने एक राम्रो माध्यम हो ।
नयाँ प्रविधिहरुसँग परिचित हुन भने तपाईंले सिक्ने बानी कहिल्यै छाेड्नु हुँदैन । याे नै तपाईंकाे सिकाइकाे महत्त्वपूर्ण खेल हाे ।