काठमाडाैं । अहिले नेपालमै सूचना प्रविधिसँग सम्बन्धित विशिष्टिकृत (स्पेसलाइज्ड) कोर्षहरुको पढाइ हुन थालेको छ । कम्प्युटर र सफ्टवेयर प्रविधिको क्षेत्र फराकिलो बनिरहँदा यसमा आधारित नयाँ-नयाँ पाठ्यक्रम बनिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले नेपालमा आईटी र कम्प्युटरका कार्यक्रम सञ्चालन गरिरहेका छन् । सूचना प्रविधिको बढ्दो विश्वव्यापीकरणले शिक्षालाई पनि थप प्रतिस्पर्धी बनाइरहेको छ ।
यही कारण आईटीका शैक्षिक कार्यक्रम पनि कुनै देश वा ठाउँमा सीमित हुन नसक्ने भए । अन्तर्राष्ट्रिय बजारमा नवीनतम प्रविधिलाई आधार मान्दै त्यसअनूकुल जनशक्ति तयार पार्ने शैक्षिक कार्यक्रममा विद्यार्थीको चासो बढ्न थालेको छ ।
नेपालमा पनि विदेशका विभिन्न विश्वविद्यालयहरुका आईटी कार्यक्रम सञ्चालनमा छन् । यसले सबैभन्दा सहज स्वदेशमै विदेशी डिग्री चाहने विद्यार्थी र अभिभावकलाई भएकाे छ ।
यसैबीच आज हामी पाटन कलेज फर प्राेफेसनल स्टडिजमा पढाइ हुने बीएससी (अनर्स) ईन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ टपअपका बारेमा सम्पूर्ण जानकारी दिँदैछाैँ ।
याे काेर्ष नेपालमा यस कलेजमा मात्र पढाइ हुने गर्दछ ।
कस्ताे काेर्ष हाे याे ?
बेलायतकाे बेडफोर्डशायर विश्वविद्यालयसँगकाे सहकार्यमा ललितपुरकाे पाटन कलेज फर प्राेफेसनल स्टडिजले सन् २०१६ मा याे काेर्ष भित्र्याएकाे हाे ।
याे तीन वर्षे (६ सेमेस्टर) काेर्षले सफ्टवेयर इन्जिनियरिङकाे क्षेत्रमा दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्य राख्दछ ।
प्रत्येक सेमेस्टरमा दुई ओटा विषयहरुकाे पढाइ हुने गर्दछ । हरेक विषयले ३० क्रेडिट आवर लिने गर्दछ । एक वर्षमा १२० क्रेडिट आवर हुन्छ भने कुल तीन वर्षमा कुल ३६० क्रेडिट आवर हुन्छ ।
यसकारण याे काेर्षकाे अध्ययनपछि विदेशमा गएर उच्च शिक्षा लिन कुनै समस्या नहुने कलेजकाे ‘स्कुल अफ कम्प्युटिङ’का प्रमुख ई. अजयकुमार शर्मा बताउँछन् ।
साथै त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयले समेत यस काेर्षलाई अनुमोदन तथा मान्यता दिएका कारण स्नातकाेत्तर तह अर्थात् थप उच्च शिक्षाका लागि कुनै समस्या नहुने उनले बताए ।
विश्वविद्यालयले पहिलाे वर्षलाई लेभल फाेर, दाेस्राे वर्षलाई लेभल फाइभ र तेस्राे वर्षलाई लेभल सिक्स भनेर विभाजन गरेकाे छ ।
यस काेर्षमा भर्ना हुने सबै विद्यार्थीले लेभल फाेरबाट नै प्रयाेगात्मक क्रियाकलाप गर्नुपर्छ । लेभल फाेर विशेषगरी प्राेगामिङ ल्याङवेजहरुमा केन्द्रित छ ।
यस लेभलमा जाभा, पाइथन, डेटाबेस, नेटवर्किङ र कम्प्युटरका आधारभूत विषयकाे पढाइ हुन्छ । यस लेभलमा तीनओटा प्रयाेगात्मक क्रियाकलाप गर्नुपर्ने हुन्छ । विद्यार्थीकाे मूल्याङ्कन तिनै क्रियाकलापबाट हुने गर्दछ ।
त्यसैगरी लेभल फाइभ सफ्टवेयर इन्जिनियरिङमा केन्द्रित छ । यसमा सी प्लस, माेबाइल एप डेभलपमेन्ट, एआई, सफ्टवेयर डेभलपमेन्ट लगायतका विषय पढाइ हुन्छ ।
याे लेभलमा भएका चारओटा प्राेगामिङ ल्याङवेजकाे प्राेजेक्ट विद्यार्थीले बनाउनुपर्छ । लेभल सिक्स भने विद्यार्थीकाे वैयक्तिक विकासमा केन्द्रित छ ।
यस लेभलमा विद्यार्थीहरुले प्राेजेक्ट म्यानेजमेन्टमा काम गर्नुका साथै एउटा प्राेजेक्टमा अनुसन्धान गर्नुपर्ने हुन्छ ।
समग्रमा लेभल फाेरमा टपिक्स रिसर्च, लेभल फाइभमा रिसर्च डेभलपमेन्ट र लेभल सिक्समा रिसर्च इम्प्लिमेन्ट हुने गर्दछ । यस कलेजका केही विद्यार्थीले गरेका प्राेजक्टहरु बजारमा पनि जान थालेकाे ई. शर्माले बताए ।
| Unit Code | Level | Credits | Unit name | Core/option |
| PAT004-1 | 4 | 30 | Introduction to Software Development | Core |
| PAT004-1 | 4 | 30 | Principles of Programming | Core |
| PAT004-1 | 4 | 30 | Computer Systems Structure Core | Core |
| PAT004-1 | 4 | 30 | Fundamentals of Computer Studies | Core |
| PAT001-2 | 5 | 30 | Object Oriented Programming and Software Engineering | Core |
| PAT001-2 | 5 | 30 | Mobile Applications | Core |
| PAT001-2 | 5 | 30 | Concepts and Technologies of ArtificialIntelligence | Core |
| PAT001-2 | 5 | 30 | Systems Development and Modern Database Practices | Core |
| PAT004-3 | 6 | 30 | Research Methodologies and Emerging Technologies | Core |
| PAT004-3 | 6 | 30 | Comparative Integrated Systems | Core |
| PAT004-3 | 6 | 30 | Social and Professional Project Management | Core |
| PAT004-3 | 6 | 30 | Undergraduate Project | Core |
काेर्ष नाम पछाडिकाे ‘टपअप’ के हाे?
हामीमध्ये धेरैले विद्यार्थीकाे क्रेडिट ट्रान्सफर बारे सुनेका हुनसक्छाैँ । सामान्य भाषामा बुझ्दा क्रेडिट ट्रान्सफर भनेकाे पढिरहेकाे कलेजमा पढाइ पूरा नहुँदै थप पढ्न नसक्ने अवस्था आए अरु दाेस्राे कलेजमा उही विषयकाे पढाइलाई निरन्तरता गर्नु हाे ।
यस कलेजमा टपअपकाे समेत व्यवस्था रहेकाे छ । अरु कुनै विश्वविद्यालय अथवा कलेजमा पहिलाे अथवा दाेस्राे वर्ष पढेर आउँदाे नयाँ शैक्षिक वर्षदेखि यस कलेजमा पढ्न सकिन्छ ।
“क्रेडिट ट्रान्सफर ठीक तरिकाले भयाे भने अथवा हामीले पढाइरहेकाे विषयहरु मिले टपअप गर्न सकिन्छ,” ई. शर्माले भने, “सबै क्रेडिट मिलेन भने यहाँकाे काेर्षहरु मध्ये विद्यार्थीले जुन विषय पढेकाे छैन, ती थप क्लासहरुमा पढेर टपअप गर्न मिल्छ ।”
क-कसले पढ्न पाउँछन्?
कक्षा १२ अथवा साे समानकाे कुनै शैक्षिक कार्यक्रम उत्तीर्ण गरेका विद्यार्थी यस कार्ष पढ्न याेग्य हुन्छन् ।
तर याे काेर्ष पढ्नका लागि विद्यार्थीले प्रत्येक विषय उत्तीर्ण गरेर कुल एग्रिग्रेडमा ५५ प्रतिशत र अङ्ग्रेजीमा ६० प्रतिशत ल्याउनुपर्दछ ।
कक्षा ११ र १२ मा जुनै संकाय वा विषय लिए पनि याे काेर्ष पढ्न सकिन्छ ।
पढाइ पछिकाे अवसर
कुनै विद्यार्थी भविष्यमा सफ्टवेयर उद्याेगमा गएर डेभलपर नै बन्ने लक्ष्य राख्छ भने याे काेर्ष उपयुक्त हुने शर्मा बताउँछन् । किन कि यस काेर्षमा कम्प्युटरका केही विषय पढाइ हुने भए पनि याे पूर्ण रुपमा सफ्टवेयर इन्जिनियरिङमा केन्द्रित छ ।
यस काेर्षकाे अध्ययन पश्चात विद्यार्थी सफ्टवेयर इन्जिनियर, टेक्निसियन, प्राेगाम डेभलपर, सफ्टवेयर डेभलपर बन्न सक्छन् । यी बाहेक प्राेजेक्ट मेनेजर, रिसर्चर आदि पनि बन्न सक्छन् ।
साथै एमएससी आईटी, एमएससी इन सफ्टवेयर इन्जिनियरिङ लगायतका आईटीसँग सम्बन्धित विषयहरुकाे अध्ययन गर्न सक्छन् ।
छात्रवृत्ति र शुल्क
हाल पाटन कलेजले ज्ञानदिप छात्रवृत्ति प्रदान गरिरहेकाे छ । याे छात्रवृत्ति कक्षा १२ मा ल्याएकाे नतिजाका आधारमा विद्यार्थीले पाउँछन् । एक इन्टेकमा २० प्रतिशत विद्यार्थीहरुले याे छात्रवृत्ति प्राप्त गर्दछन् ।
साथै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुले समेत याे छात्रवृत्ति प्राप्त गर्दछन् । याे काेर्ष गर्न विश्वविद्यालयकाे शुल्क समेत गरेर करिब १३ लाख रुपैयाँ लाग्दछ ।
काेटा र भर्ना
यस कलेजले सञ्चालन गरिरहेकाे याे अनर्स डिग्रीका लागि कुनै निश्चित काेटा छैन । तर कलेजले एउटा इन्टेकमा करिब १०० जना विद्यार्थी भर्ना लिने गरेकाे छ ।
एक वर्षमा सेप्टेम्बर/अक्टोबर, जनवरी/फ्रेब्रुअरी र मे/जुनमा गरी तीन ओटा इन्टेकमा विद्यार्थीकाे भर्ना लिने गरेकाे छ ।
यस काेर्ष बारे थप जान्न यहाँ क्लिक गर्नुहाेस्
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
