ट्रेन्डिङ:
स्याटलाइट नेटवर्कमा कसरी काम गर्छ आईफोन १४ ? सामसङ ग्यालेक्सी जेड फ्लिपको ‘फ्लेक्स मोड’ अब अन्य फोनमा पनि जोडीलाई स्मार्टको भ्यालेन्टाइन अफरः १ रुपैयाँमै २ सिम, उपहारमा ६ जीबी डेटा अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड सामसङ ग्यालेक्सी एस ट्वान्टी सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर नेपालसहितका देशमा एक लाख आईटी जनशक्ति उत्पादन गर्ने ह्वावेको योजना अमेजन, भीभो सहित ६ ब्राण्ड मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी नहुने नेशनल पेमेन्ट स्विचमा जोडियो ठमेल रेमिट, अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुने यस्तो छ सामसङको नयाँ फोल्डेबल फोन प्रक्रिया पुरा गर्दा समेत लाइसेन्स पाएनौँः सीजी
close

स्याटलाइट नेटवर्कमा कसरी काम गर्छ आईफोन १४ ?

टेकपाना टेकपाना

भदौ २४, २०७९

स्याटलाइट नेटवर्कमा कसरी काम गर्छ आईफोन १४ ?

काठमाडौं । एप्पलले बुधबार राति एक कार्यक्रम गर्दै आईफोन फोर्टिन सिरिजसँगै एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई सार्वजनिक गरेको छ । आईफोन १४ मा प्रायः अन्य फिचरहरू पहिलेको सिरिज आईफोन थर्टिन जस्तै भए पनि यसमा ‘स्याटलाइट कनेक्टिभिटी’ फिचर थपिएको छ ।

यहाँ हामी आईफोन १४ मा आउने स्ट्याटलाइट कनेक्टिभिटी के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा बताउँदै छौँ । कम्पनीले स्याटलाइट कनेक्टिभिटी फिचरको नाम ‘इमर्जेन्सी एसओएस भाय स्याटलाइट’ दिएको छ । यसले मोबाइल नेटवर्क नपुगेको ठाउँमा स्याटलाइट नेटवर्कसँग जोड्ने काम गर्दछ ।

फोनमा नेटवर्क (सेलुलर नेटवर्क वा वाई-फाई) नभएको आपतकालीन अवस्थामा तपाईँले स्याटलाइट नेटवर्क प्रयोग गरेर कल वा मेसेज गर्न सक्नुहुन्छ । नेटवर्क नभएको अवस्थामा आईफोन फोर्टिन स्याटलाइटमा जोडिने प्रयास गर्छ । फोनमा स्याटलाइट नेटवर्क कनेक्ट भइसकेपछि प्रयोगकर्ताको अनुभव नै बेग्लै हुने एप्पलको विश्वास छ ।

आईफोन कस्तो अवस्थामा छ भन्ने कुराले पनि स्याटलाइटसँग कनेक्सन बनाउने कुरा निर्धारण गर्छ । उदाहरणका लागि यदि तपाईँ खुला आकासमुनी हुनुहुन्छ भने तपाईँले फोन सहजै स्याटलाइटसँग कनेक्ट गराउन सक्नुहुन्छ । यसरी कनेक्ट भएको नेटवर्कबाट मेसेज पठाउन कम्तिमा ३० सेकेन्ड लाग्छ ।

त्यस्तै यदि रूखमुनी वा भनौँ घना जङ्गलमा हुनुहुन्छ भने एक मिनेट लाग्न सक्छ । यदि यस्तै वाधा बढी आएको खण्डमा फोन स्याटलाइटसँग नजोडिन सक्छ ।

स्याटलाइट कनेक्सन तपाईँ भएको ठाउँ, तपाईँले पठाउने मेसेजको आकार र स्याटलाइट नेटवर्कको उपलब्धतामा निर्भर रहन्छ । ‘इमर्जेन्सी एसओएस भाय स्याटलाइट’ फिचर आईओएस १६ सफ्टवेयर अपडेटमा उपलब्ध हुनेछ ।

आपतको बेला एसओएस भाय स्याटलाइट प्रयोग गर्ने तरिका

जब तपाईँ मोबाइल नेटवर्क वा वाई-फाई नेटवर्क नपुगेको ठाउँमा जानुहुन्छ त्यस्तो बेला आईफोनबाट आपतकालीन सेवाका लागि स्याटलाइट मार्फत मेसेज पठाउन वा कल गर्न यो सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

स्याटलाइटमा कनेक्ट गर्ने तरिका;

तपाईँलाई नेटवर्क नभएको ठाउँमा आपतकालीन सेवा आवश्यक परेको खण्डमा यसरी स्याटलाइटमा कनेक्ट गर्न सक्नुहुन्छ ।

  • फोन सामान्यतः जसरी हातमा राखेर प्रयोग गर्नुहुन्छ, त्यसरी नै लिनुहोस् । हात उठाएर फोन माथि लैजान आवश्यक पर्दैन । तर, खल्तीमा राख्दा भने स्याटलाइटसँग कनेक्ट नहुन सक्छ ।
  • तपाईँ खुला आकासमुनी भएको कुरा निश्चित गर्नुहोस् । उदाहरणका लागि कुनै घरभित्र र गुफाभित्र रहँदा तपाईँको आईफोन स्याटलाइटमा कनेक्ट नहुन सक्छ ।
  • पातलो जङ्गलभित्रै हुनुहुन्छ भने नेटवर्क स्लो हुन सक्छ । त्यस्तै घना जङ्गलमा हुँदा नेटवर्क नै ब्लक हुन सक्छ । स्याटलाइट नेटवर्कलाई हिमाल, पहाड, डाँडा तथा भीर पाखाले प्रभाव पार्छ । जसले गर्दा स्याटलाइट कनेक्सन ब्लक हुन सक्छ ।
  • यदि केही गरी स्याटलाइट कनेक्सन हुन सकेन भने तपाईँको आईफोनले कता जाँदा कनेक्सन सम्भव हुन सक्छ भन्ने कुरा निर्धारण गरेको हुन्छ ।
  • तपाईँको फोन लक भएको अवस्थामा पनि स्याटलाइट कनेक्सन व्यवस्थापन गर्न सकिन्छ ।

स्याटलाइट नेटवर्क मार्फत यसरी पठाउन सकिन्छ मेसेज

  • सबैभन्दा पहिले फोनमा मोबाइल नेटवर्क नहुँदा इमर्जेन्सी नम्बरमा कल गर्ने प्रयास गर्नुहोस् । कतिपय अवस्थामा मोबाइल नेटवर्क नहुँदा पनि इमर्जेन्सी नम्बरमा कल गर्न सकिन्छ ।
  • यदि त्यसरी इमर्जेन्सी नम्बरमा कल गर्दा कल लागेन भने तपाईँले ‘इमर्जेन्सी सर्भिस भाय स्याटलाइट’ फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
  • सबैभन्दा पहिले ‘इमर्जेन्सी टेक्स्ट भाय स्याटलाइट’ मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि मेसेज बक्समा गएर ९११ वा इमर्जेन्सी नम्बरमा कल गर्नुहोस् ।
  • त्यसपछि ‘रिपोर्ट इमर्जेन्सी’ मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि आफू कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुराको उत्तर दिनुहोस् ।
  • त्यसपछि तपाईँको अवस्था हेरेर उक्त सेवाले सम्बन्धित आपतकालीन सेवाका लागि नम्बर उपलब्ध गराउँछ ।
  • फोनलाई स्याटलाइटमा कनेक्ट गर्नका लागि फोनले देखाएको प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
  • कनेक्ट भइसकेपछि कसरी म्यासेज पठाउने वा कल गर्ने भन्ने प्रक्रिया त्यहीँ देखाएको हुन्छ ।