close

क्लाउड फ्याक्ट्रीले खरिद गर्‍यो एआई कम्पनी हेस्टी

टेकपाना टेकपाना

भदौ २४, २०७९ २०:१३

क्लाउड फ्याक्ट्रीले खरिद गर्‍यो एआई कम्पनी हेस्टी

काठमाडौं । ह्युमन-इन-लुप आर्टिफिसियल इन्टलिजेन्समा काम गर्ने अन्तर्राष्ट्रिय कम्पनी क्लाउड फ्याक्ट्रीले डेटा सेन्ट्रिक मसिन लर्निङ प्लेटफर्म हेस्टीको स्वामित्व खरिद गरेको छ ।

यो खरिदपछि क्लाउड फ्याक्ट्रीको कार्यशैलीमा परिवर्तन आउने कम्पनीका संस्थापक मार्क सेयर्सले कम्पनीको ब्लगमा उल्लेख गरेका छन् ।

यो खरिदसँगै अब कम्पनीले मोडेल केन्द्रित नभई डेटा केन्द्रिन एआईमा काम गर्ने, एआईमा आधारित अटोमेटेड लेबलिङ सेवा थप गर्ने र इन्ड-टु-इन्ड सेवा विस्तार गर्ने ब्लगमा उल्लेख छ ।

हेस्टी प्लेटफर्मले प्रयोगकर्तालाई एआईमा आधारित प्रणाली तयार गर्न मद्दत गर्दछ, जसले म्यानुअल रुपमा गर्नुपर्ने डेटाको कामलाई हटाएर उत्पादकतालाई वृद्धि गर्न मद्दत गर्दछ ।

हेस्टीले लेबलिङको क्रममा मोडेलहरूलाई पुन: तालिम दिएर एआईको कामलाई थप चुस्त बनाउने काम गर्दछ । यसले डेटामा केन्द्रित कामलाई सहज बनाउँदछ ।

हेस्टीको अधिग्रहणसँगै क्लाउड फ्याक्ट्रीको एआई विकासमा थप मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

हेस्टीको एआईको लेबलिङ र डेट केन्द्रित प्लेटफर्मलाई क्लाउड फ्याक्ट्रीको ह्युमन-इन-द-लुप एआई समाधानहरूसँग एकीकृत गर्दा एमएल मोडेलहरूलाई उत्पादनमा छिटो ल्याउने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३