ट्रेन्डिङ:
‘उपाय’को ढुवानी सेवा अब ईसेवाबाट बुक गर्न सकिने असोज १५ भित्र फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट सेवाप्रदायकको तार हटाउने तयारी गुगल प्ले स्टोरका १९ हजार एप असुरक्षित, जसले चोर्दैछन् तपाईंको गोप्य विवरण स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी हाइपर चार्ज प्रविधिमा साओमीको छलाङ, ब्याट्रीमा कुनै समस्या नहुने दाबी अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड के हो ब्याण्डविथ अन डिमान्ड ? यस्तो छ नेपालको अवस्था एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने
close

‘उपाय’को ढुवानी सेवा अब ईसेवाबाट बुक गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३१, २०७९

‘उपाय’को ढुवानी सेवा अब ईसेवाबाट बुक गर्न सकिने

काठमाडौं । ढुवानी सेवा प्रदायक उपाय र ईसेवाले व्यापारिक सहकार्य गरेका छन् । योसँगै उपायको घर सार्ने र ढुवानी सेवा ईसेवाको एपमार्फत बुक गर्न सकिने भएको छ ।

प्रारम्भिक चरणमा ईसेवाले आफ्नो एपमा ‘घर सराई सेवा’ समावेश गर्नेछ । एप प्रयोगताले एउटा साधारण फाराम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिने बताइएको छ ।

उपभोक्ताले आफ्नो रोजाइको सेवा र गाडी पनि छान्न सक्नेछन् । असोज महिनादेखि यो एपमार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ ।

उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, “यो साझेदारीबाट घर सार्ने र बल्क डेलिभरीको आमउपभोक्ताको आधारभूत आवश्यकता पूरा हुने विश्वास लिएका छाैं ।”

त्यस्तै ईसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने, “ईसेवाले जहिले पनि आमजनतालाई सहज हुने किसिमका सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवा थप गर्दै जानेछौँ ।”