close

उड्ने बाइकको सफल परीक्षण, मूल्य झन्डै १० करोड

टेकपाना टेकपाना

असोज १, २०७९ १७:४२

उड्ने बाइकको सफल परीक्षण, मूल्य झन्डै १० करोड

काठमाडौं । जापानी निर्माताले तयार पारेको उड्ने बाइकको अमेरिकी बजारमा परीक्षण भएको छ ।

जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको हो ।

यो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने बताइएको छ ।

कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए ।

जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर भने पहिलोपटक अमेरिकामा प्रस्तुत गरिएको हो ।

यो बाइकको मूल्य सात लाख ७७ हजार डलर (नौ करोड ८१ लाख रूपैयाँ बढी) तोकिएको छ ।

कम्पनीले सानो भर्सनको बाइक पनि ल्याउने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४