ट्रेन्डिङ:
अनलाइनबाटै जोडी मिलाइदिने दिदीबहिनी ‘आईफोन एक्सएस’ मै चित्त बुझाउने कि आईफोन १३ किन्ने ? फेसबुक ग्रुपमा नयाँ फिचर, एड्मिनले ‘एक्सपर्ट’ छान्न सक्ने मसिन लर्निङ र डेटा साइन्समा राष्ट्रियस्तरको वर्कशप हुँदै, यसरी बन्नुहाेस् सहभागी एन्ड्रोइडमा थपियो ‘सेल्फ शेयरिङ’ फिचर, दुई स्मार्टफोनबीच फाइल ट्रान्सफर गर्न सजिलो हुने नेपालमा ई-गेमिङ : बन्द होइन, व्यवस्थापन चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने फिचर सुरु ३ महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासमा विद्युतीय चुल्हो अनलाइन रोमान्स गर्दा अर्बौंको ठगी, जोगिने कसरी ?  स्याटेलाइटबाट सोझै स्मार्टफोनमा इन्टरनेट दिने प्रविधि विकास गर्दै एप्पल
close

अनलाइनबाटै जोडी मिलाइदिने दिदीबहिनी

हिक्मत आचार्य हिक्मत आचार्य

असोज २, २०७९

काठमाडौं । कतिपय स्टार्टअप रहरले जन्मिन्छन्, कतिपय बाध्यताले । स्टार्टअप जसरी जन्मिए पनि समाजमा रहेका विभिन्न समस्या समाधान गर्ने साझा सङ्कल्प बोकेका हुन्छन् । वास्तवमा यस्ताे व्यवसाय कुनै न कुनै पक्षमा आफैंमा नौला सुरुवात हुन् । यही भीडमा बेग्लै कथा बोकेर जन्मिएको स्टार्टअप हो, बिहे नेपाल ।

गत फागुनदेखि नेपाली बजारमा आएको यो स्टार्टअप ‘म्याट्रिमोनियल एप’ का रूपमा परिचित छ । एपका संकल्पकार हुन् दिदीबहिनी श्रद्धा र श्रेया कटवाल । एप सुरू गरेको छोटो समयमै बिहे नेपालले राम्रो सङ्ख्यामा प्रयोगकर्ता पाएको छ ।

के हो बिहे नेपाल ?

याे नेपालीहरू लाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको एप हो । कुनै पनि महिला, पुरुष वा समलिङ्गी आफूले बिहे गर्नुपर्‍यो भने प्रयोग गर्नसक्ने डिजिटल माध्यम हो । याे एप जोकोहीले पनि अकाउन्ट बनाएर प्रयोग गर्न सक्छन् ।

सात महिनामा ५० हजार बढी प्रयोगकर्ता कुनै पनि स्टार्टअपले छोटो समयमा 'उत्साहजनक उचाइ' लिनु राम्रो पक्ष हो ।

'बिहे नेपाल'ले सार्वजनिक भएको सात महिनाको समयावधिमा ५० हजार बढी प्रयोगकर्ता पाइसकेको छ । एप आधिकारिक तवरले सार्वजनिक नहुँदा नै एपमा तीन हजार बढी प्रयोगकर्ता जोडिएको श्रेयाले सुनाइन् । "एपकाे बेटा भर्सनमा नै तीन हजार बढी प्रयोगकर्ता जोडिनुभएको थियो," सुरूवाती पल सम्झिँदै श्रेयाले भनिन्, "हामीले देशमै पहिलो पटक नयाँ प्रकृतिको काम गर्न लागिरहेका थियौँ । यसलाई विश्वास गर्नेभन्दा पनि यसलाई मजाकका रूपमा लिने बढी भेटिन्छन् भन्ने सोचेका थियौँ । तर, नतिजा फरक आइदियो । हामीले अनपेक्षित साथ र सुझाव पायौँ । जसले गर्दा अगाडि बढाउन सकिन्छ भन्ने सोच आयो ।"

प्रयोगकर्ता बढी भए पनि प्रयोगकर्ताको वर्गको सन्तुलन भएको थिएन । त्यसमा पनि महिलाभन्दा पुरुष एकदमै धेरै थिए । "महिलाहरू समाजमा अझै पनि खुल्न सकिरहेका छैनन् । सायद विवाह जस्तो कुरामा खुलेर बोल्न सक्ने थोरै भएकाले महिला प्रयोगकर्ताको सङ्ख्या पनि थोरै थियो," श्रद्धा भन्छिन् ।

उनीहरूले अनपेक्षित रूपमा प्रयोगकर्ता बढेको पाएपछि उक्त सङ्ख्या व्यवस्थापन गर्न विभिन्न विज्ञहरूसँग सल्लाह लिए ।

लगानी र आम्दानीको आधार

यो एपलाई यहाँसम्म पुर्‍याउन ४० लाखभन्दा बढी लगाी भइसकेकाे उनीहरू सुनाउँछन् । “पहिले हामीले सामाजिक कार्यका लागि यसलाई विकास गर्ने योजना बनाएका थियौँ । यसलाई व्यवस्थापन गर्न थुप्रै खर्च लाग्ने रहेछ । त्यसैले पछि ‘भीआईपी क्लब’ जस्ता परियोजना ल्याएका छौँ,” श्रेयाले भनिन् ।

बिहे नेपालको भीआईपी क्लब योजना केही समयअघि मात्र सार्वजनिक भएको हो । विभिन्न देशमा रहेका नेपालीबाट माग भएपछि यो फिचर ल्याएको उनकाे भनाइ छ । “हामीले आम्दानीको कुनै न कुनै मोडेल ल्याउनु नै थियो । प्रयोगकर्ताले यो सेवाको अत्याधिक माग गर्नु भएपछि बिहे नेपाललाई भीआईपी क्लबद्वारा रेभिन्यु मोडेलमा जोडेका हौँ,” उनले भनिन् ।

वैवाहिक कुरासँग जोडिने विभिन्न सेवाहरू जोडेर भविष्यमा त्यसैबाट आम्दानीको गर्ने याेजना उनीहरूले ल्याएका छन् । प्लेटफर्मलाई भरपर्दो र विश्वसनीय बनाउन र त्यही अनुसारको व्यवस्थापन गर्नुपर्ने भएकाले यसमा आम्दानीका लागि बिहे नेपाल ब्ल्याक कार्ड’ जस्ता सेवा समावेश गरिएको उनीहरूको भनाइ छ ।

कसरी दिइरहेको छ सेवा ?

बिहे नेपाल जोडी मिलाइदिने प्लेटफर्म मात्र नभएर साथी तथा प्रेमी, प्रेमिका खोजिदिने प्लेटफर्म पनि हो । कम्पनीको ट्यागलाइन नै 'बी फ्रेन्ड, डेट एन्ड म्यारी' रहेको छ । अर्थात् साथी बन्नुहोस्, डेट जानुहोस् अनि बिहे गर्नुहोस् ।

यसमा साथी आवश्यक पर्नेले साथी खोज्न सक्छन्, डेट जान चाहनेले प्रेमी/प्रेमिका र बिहे गर्न चाहनेले बेहुला/बेहुलीले पाउन सक्छन् ।

'बिहे नेपाल'मा कसरी जोडिन सकिन्छ?

बिहे नेपाल सबै वर्गका लागि तयार पारिएको एप हो । यसमा जोडिएर जोकोहीले पनि आफूलाई उपयुक्त हुने साथी, प्रेमी वा जीवनसाथी खोज्न सक्छन् । सामान्य फिचरका लागि यो सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ भने केही प्रिमियम फिचरका लागि शुल्क तिर्नुपर्ने हुन्छ । सामान्य प्रयोगकर्तालाई कुनै शुल्क तोकिएको छैन । तर, भीआईपी क्लबको मेम्बर बन्न चाहने प्रयोगकर्ताले भने वार्षिक १५ हजार, ६ महिनाको १० हजार र असीमित समयका लागि एकमुस्ट ४९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । भीआईपी क्लबका विशेषता यहाँ पढ्न सक्नुहुन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले बिहे नेपालको एप यहाँ क्लिक गरेर र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर बिहे नेपालको एप डाउनलोड गर्न सक्छन् । एप डाउनलोड गरिसकेपछि त्यहाँ उल्लेखित विभिन्न विवरण भएर प्रयोगकर्ताले आफूलाई भेरिफाई गर्नुपर्ने हुन्छ ।

सामान्य प्रयोगकर्ताको अकाउन्ट भेरिफाई गर्नका लागि उनीहरूले फेस रिकग्निजेसनमा सेल्फी फोटो खिच्न पर्ने हुन्छ । र सो अनुसारसँग मिल्ने फोटो प्रोफाइलमा राख्नु पर्ने हुन्छ । यसरी राखेको फोटो लक हुन्छ र सो अकाउन्ट नक्कली होइन भन्ने पुस्टि हुन्छ ।

तर, भीआईपी क्लबका सदस्यले भने आफ्नो प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र राखेर भेरिफाई गर्नुपर्ने हुन्छ । यसकारण भीआईपी क्लबमा प्रवेश गर्ने प्रयोगकर्ता सबै आधिकारिक प्रयोगकर्ता रहने श्रेयाको भनाइ छ ।

सुरक्षाका लागि प्रयोगकर्ता आफै सचेत हुनपर्ने प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्नका लागि कम्पनीले थुप्रै कुरामा काम गरेको श्रद्धाको भनाइ छ । "हामी पूर्ण रूपमा प्रयोगकर्ताको गोपनियताको सम्मान गर्छौँ," श्रद्धा भन्छिन्, "यसमा गोपनीयताको कुरा बढी आउने भएकाले हामीले प्रयोगकर्ताको अगाडिको नामको पहिलो अक्षर मात्र राख्ने गरेका छौँ ।"

यो एप सञ्चालन गर्नुको मुख्य उद्देश्य नै जोडी मिलाइदिने भएकाले कोहीसँग कुरा मिलेपछि भेट्न जानु स्वभाविक हो । तर, भेट्न जाँदा पहिलो पटक आफूले कुनै साथी लिएर सार्वजनिक ठाउँमा भेट्नु पर्ने श्रद्धाको भनाइ छ । त्यस्तै कुरा भएकै भरमा आफ्नो सामाजिक सञ्जालको अकाउन्ट, फोन नम्बर वा अन्य विवरण नदिन उनी सुझाव दिन्छिन् ।

चुनौती र आगामी योजना

यस्ता एप अन्य देशमा खुल्ला रूपले प्रयोगमा आइरहेको भए पनि नेपालमा यसको अवधारणा आइनसकेको उनीहरूको भनाइ छ । त्यसैले अझै पनि थुप्रै प्रयोगकर्तालाई यो एप उपयाेगी एप हो भनेर विश्वस्त बनाउन केही समय लाग्ने उनको भनाइ छ ।

"नेपालमा अझै पनि बिहेका लागि अभिभावकमा निर्भर हुने वा लमी खोज्ने प्रचलन बढी नै छ । जसले गर्दा जोडीले एक अर्कालाई राम्रोसँग बुझ्ने मौका पाएका हुँदैनन् । त्यस्तै फोटो देखाएर वा केही दिन बोलचाल हुँदैमा राम्रोसँग एकअर्कालाई बुझिन्छ भन्ने पनि हुँदैन । आफ्नो जीवनसाथीको बारेमा दुवैलाई धेरै कुरा जानकारी होस् भन्ने मनसायले हामीले यो प्लेटफर्म सुरु गरेका हौँ," श्रद्धा भन्छिन् ।

स्टार्टअपका लागि चुनौतीको विषय नै व्यवस्थापन बनिरहेको हुन्छ । कर्मचारीको सङ्ख्या होस् वा क्लाइन्टको सङ्ख्या, यी दुई पक्षमा कुनै न कुनै रूपमा चुनौतीको पहाड खडा भइरहेको हुन्छ । प्रयोगकर्ताको सङ्ख्या थोरै समयमा धेरै भएकाले सिस्टममा थुप्रै कुरा व्यवस्थापन गर्न चुनौती रहेको श्रेया बताउँछिन् । 

उनीहरू यो एप बिहे नभएकाहरूका लागि मात्र नभएर हरेक वर्गका प्रयोगकर्ताका लागि उपयोगी होस् भन्ने चाहन्छन् ।

त्यसैले बिहेपछि पनि काम लाग्नसक्ने विभिन्न फिचरहरू एपमा समावेश गर्ने उनीहरूको योजना छ । अहिले उनीहरू एपमा ज्योतिषि सिस्टम ल्याउने तयारी गरिरहेका छन्, जसका माध्यमबाट कुनै पनि जोडीले एपबाट नै आफ्नो कुण्डली हेराउन सकून् ।

त्यस्तै आगामी दिनमा विवाह वा त्यससँग सम्बन्धित विभिन्न कार्यक्रम व्यवस्थापनकाे सेवा दिने उनीहरूको योजना रहेको छ । यसमा महिला पुरुष, समलिङ्गी, विधवा वा विदुर, परदेश बस्ने नेपाली, डिभोर्स भएका व्यक्तिहरू जो काेही पनि जोडिनसक्ने उनीहरू बताउँछन् ।