ट्रेन्डिङ:
सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने अमेजनबाट हालसम्म कुनै सामान नकिनेका यी व्यक्ति, जो जेफ बेजोससँगै अन्तरिक्ष पुगेर आए इन्टरनेट प्रयोगकर्ताको जासुसी गर्न यसरी हुन्छ स्निफिङ आक्रमण, जोगिन के गर्ने ? सीडीएमए छाड्ने ग्राहकलाई टेलिकमको निःशुल्क सिम, भ्वाइस र डेटा सुविधा पठाओ ट्याक्सीमा यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा अब ब्लुबुक साथमा बोक्नु नपर्ने, क्यूआर कोड स्क्यान गरे पुग्ने स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा सुरु भयो अनलाइनबाटै ब्लुबुक नवीकरण, अब लाइन बस्नु नपर्ने
close

सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने

टेकपाना टेकपाना

असोज ३, २०७९

सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने

काठमाडौं ।  इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै 'स्मार्ट अफर' सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ९९९ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ । जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ ।

त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ ।

सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।

“पुराना ग्राहकहरूका लागि अन्य थुप्रै अफर समेत उपलब्ध छन्, त्यसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा पुग्नुपर्ने छ,” कम्पनीले भनेको छ ।