ट्रेन्डिङ:
एसिया प्यासिफिक टेलिकम्युनिटीको नेपालमा जारी वर्कशपले जुराएको अवसर स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी ब्राउजरमा हुने ‘इनकग्निटो मोड’ के हो, अनि किन प्रयोग गर्ने ? अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड ह्वाट्सएप बहिष्कार गर्ने होडबाजी, सिग्नल प्रयोग गर्न पेटीएम सीईओको अपिल आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका एनआईसी एसिया बैंकको ग्राहकलाई भाटभटेनीको डिजिटल भुक्तानीमा छुट एनसेलको मुख्य कम्पनी आजियटा अन्तर्गत रोबीले बंगलादेशमा गर्‍यो फाइभजी परिक्षण शाओमीको रेडमी नोट एट प्रो सार्वजनिक लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने
close

एसिया प्यासिफिक टेलिकम्युनिटीको नेपालमा जारी वर्कशपले जुराएको अवसर

टेकपाना टेकपाना

असोज ६, २०७९

एसिया प्यासिफिक टेलिकम्युनिटीको नेपालमा जारी वर्कशपले जुराएको अवसर

 

नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन तथा सञ्चालनमा र एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को आयोजनामा मङ्गलबारदेखि धुलिखेलमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भइरहेको छ । जसमा क्षेत्रीय स्तरमा विभिन्न देशका नियमनकारी निकायहरूका अनुभवहरू आदानप्रदानको काम जारी छ । 

दूरसञ्चार सेवा सामूहिक रूपमा विकास गर्नुपर्ने हुन्छ । क्षेत्रीय स्तरमा रहेको एउटा देशहरूमा कुन किसिमको दूरसञ्चार विकास भइरहेको छ भन्ने कुराले अर्को देशलाई असर पुर्‍याउँछ । त्यसैले यस पटकको कार्यशालामा नीतिगत व्यवस्था र फ्रिक्वेन्सीलाई हामीले मूल रूपमा समेटेका छौँ ।

एउटा देशमा जुन किसिमको फ्रिक्वेन्सी र प्रविधि आत्मसाथ गरिएको छ, त्यही फ्रिक्वेन्सी र प्रविधि अर्को देशमा पनि आत्मसाथ  गर्नु पर्छ । अन्यथा सीमापार फ्रिक्वेन्सी ‘इन्टरफ्रेन्स’ (अवरोध) लगायतका समस्या आउन सक्छन् । एउटा ठाउँमा बनेको चिज अर्को ठाउँमा नचल्ने हुन्छ । 

दूरसञ्चार सेवा निकै धेरै लगानी भएको क्षेत्र हो । उनीहरूले आफूहरू कुन किसिमका सेवा तथा उत्पादनमा केन्द्रित छन् र त्यसका लागि कुन फ्रिक्वेन्सी उपयुक्त हुन्छ भन्ने कुरा दर्साउँछन् । अर्कोतर्फ नियामकहरूलाई कुन विकल्प उत्कृष्ट हुन्छ भन्ने कुरा यकिन गर्न यस्ता कार्यशाला सहयोगी हुन्छन् । 

उदाहरणको लागि अहिले फाइभजीमा विभिन्न ब्यान्डहरू (लोअर ब्यान्ड, मिड ब्यान्ड र हाई ब्यान्ड) छन् । यसमा सेवाप्रदायकहरूले आफ्नो सेवाका लागि केके कारणले कुन फ्रिक्वेन्सी उपयुक्त हुन सक्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् । यस्तो अवस्थामा नियमनकारी निकायका लागि समग्र उद्योग क्षेत्रका लागि के गर्दा राम्रो हुन्छ भन्ने कुरामा यस्ता वर्कशपहरूले निर्णय प्रक्रियामा सहजता ल्याउनुका साथै र समन्वय स्थापना गर्न सघाउ पुर्‍याउँछ । 

 

दूरसञ्चारको क्षेत्रमा पहुँच विस्तारका कुराहरू छन् । स्याटलाइट प्रविधिका विषयहरू छन् । ग्रामीण दुर्गम क्षेत्रमा समेत हामीले मोबाइल तथा इन्टरनेट सेवा पुर्‍याइरहेका छौँ । ​वाईफाईबाटै समग्र कर्णालीमा इन्टरनेट विस्तार गरेको हाम्रै सफलताका कथाहरू छन् । स्याटलाइट प्रविधि तुलनात्मक रूपमा महँगो छ । यो प्रविधि नेपालका लागि उपयुक्त हो कि होइन भन्ने आफैँमा ठूलो प्रश्न हो । 

कर्णालीका मुगु, हुम्ला, डोल्पा जस्ता जिल्लामा वाईफाईबाटै इन्टरनेट पुर्‍याइसकेको पृष्ठभूमिमा नेपाललाई स्याटलाइटमा आधारित इन्टरनेट सेवा आवश्यक पर्दैन भन्ने विषय पनि छ । यस्ता विविध विषयलाई हामीले वर्कशपमा समेटेका छौँ । जसमा फाइभजी, स्याटलाइट पहुँच, वाईफाई प्रविधि, फाइबर केबलको एक्सेस, एआई, मसिन लर्निङ, डिजिटल नैतिकता लगायत रहेका छन् । एपीटीको वर्कशप आयोजना हुने देशले आफ्नोतर्फबाट बढी भन्दा बढी सहभागिता जुटाउने अवसर पाउँछ । त्यसको लाभ अहिले नेपालले उठाइरहेको छ । फेसबुक, जीएसएमए, नोकिया, ह्वावे, क्वालकम, विभिन्न देशका नियामक, सेवाप्रदायकहरूबाट कार्यशालामा विज्ञ प्रस्तुति रहेका छन् । विभिन्न सार्क राष्ट्रका नियमनकारी निकाय, सेवाप्रदायक, प्राज्ञ, सरोकारवालाको रूपमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतबाट करिब ८० जनाको भौतिक उपस्थिति रहेको कार्यशालामा सय भन्दा बढीको भर्चुअल सहभागिता रहेको छ । 

भौतिक रूपमा कार्यशालामा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको छ । नेपाल, भारत, अफगानिस्तान, जापान, कोरिया, चीन, म्यानमार, सिङ्गापुर, इरान, न्युजिल्यान्ड लगायत ३८ देश सदस्य रहेको एपीटीमा चार देश एसोसिएट सदस्य र विभिन्न देशका १४० ओटा सङ्घ संस्था एफिलिएट सदस्य रहेका छन् । 

(नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आचार्यसँग गरिएको कुराकानीमा आधारित)