close

फेसबुक अकाउन्ट डिलिट गर्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

टेकपाना टेकपाना

असोज २४, २०७९ १०:२८

फेसबुक अकाउन्ट डिलिट गर्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

काठमाडाैं । फेसबुकदेखि टाढा रहन हामी कि त अकाउन्ट डिएक्टिभेट गर्छाैँ या त  सदाका लागि डिलिट नै गछाैँ । अकाउन्ट डिलिट गर्दा आफ्नाे सम्पर्क र अकाउन्टमा भएका अन्य कुरामा समस्या आउन सक्छ । तर यही कारण फेसबुक अकाउन्ट डिलिट नगर्ने भन्ने हुँदैन ।

अकाउन्ट डिलिट गर्नुपर्ने कारण धेरै हुन सक्छन् । जसमध्ये एक, फेसबुकमा तपाईंले राखेकाे जानकारीकाे मात्रा हाे । कतिपयले आफूले विगतमा पाेस्ट गरेका कुरा हटाउन अकाउन्ट नै डिलिट गर्ने गरेका छन् । कसैले भने आवेगमा आएर पनि अकाउन्ट डिलिट गर्ने गर्छन् ।

धेरै मेडिकल अध्ययनहरुबाट फेसबुककाे लत एक समस्या भएकाे पत्ता लागेकाे छ । यसकारण सामाजिक सञ्जाललाई हामीले आवश्यकता अनुसार मात्र प्रयाेग गर्नुपर्छ ।

कतिपयले सामाजिक सञ्जालमा भएकाे आफ्नाे अकाउन्ट डिलिट गरेपछि जीवनस्तरमा सुधार आएको विश्वास गर्दछन् । पहिलाे कुरा त फेसबुक अकाउन्ट कति पुरानाे र सक्रिय छ भन्ने कुराले प्रभाव पार्दछ । यदि तपाईं फेसबुक अकाउन्ट डिलिट गर्ने याेजनामा हुनुहुन्छ भने तलका कुरामा ख्याल राख्‍नुहाेस् ।

 

तपाईंकाे डेटा डाउनलाेड या ट्रान्सफर गर्नुहाेस् 

फेसबुककाे अकाउन्ट डिलिट गर्नबाट राेकिराख्‍ने सबैभन्दा ठूलाे कारण भनेकाे डेटा गुम्‍ने डर हाे । तर वास्तवमा तपाईंले अकाउन्ट डिलिट गर्दा डेटा गुमाउनु हुँदैन । तपाईंले गरेका पाेस्ट, हालेका फाेटाे/भिडिओहरु लगायत अन्य सम्पूर्ण डेटा डाउनलाेड गर्न सक्नुहुन्छ ।

तपाईंकाे फेसबुक अकाउन्टमा भएका डेटा माेबाइल, ल्यापट, पीसी वा एक्सटर्नल हार्ड ड्राइभमा डाउनलाेड गर्न सक्नुहुन्छ हुन्छ । त्यसैगरी विभिन्न क्लाउड स्टाेरेजमा पनि स्थानान्तरण गर्न सक्नुहुन्छ ।

 

आफ्नाे डेटा डाउनलाेड गर्न निम्‍न प्रक्रिया अपनाउनुहाेस्:

  • फेसबुकमा लगइन गर्नुहाेस् ।

  • सेटिङ एन्ड प्राइभेसी भित्रकाे सेटिङमा जानुहाेस् ।

  • देखिने प्राइभेसीमा क्लिक गरी ‘याेर फेसबुक इन्‍फर्मेसन’ मा जानुहाेस् ।

  • अब तपाईंले त्यहाँ डेटा डाउनलाेड या ट्रान्सफरका विकल्प देख्‍न हुनेछ । 

 

यदि तपाईंले डाउनलाेडकाे विकल्प छनाेट गर्नुभयाे भने कस्ता डेटा डाउनलाेड गर्ने भनेर छनाेटकाे विकल्प आउनेछ । त्यसपश्चात तपाईंले डाउनलाेडका लागि अनुराेध पठाउनुपर्ने हुन्छ । तपाईंकाे अनुराेधकाे केही समयपछि डेटा डाउनलाेड हुनेछ ।

त्यस्तै डेटा स्थानान्तरणकाे विकल्प छनाेट गर्दा पनि तपाईंलाई कस्ताे डेटा स्थानान्तरण गर्ने भनेर छनाेटकाे विकल्प आउने छ ।

तर यहाँ तपाईंले के कुरा विचार गर्न पर्छ भन्दा निश्चित सेवाहरूले केवल निश्चित प्रकारका डेटा स्थानान्तरण गर्न अनुमति दिन्छ । जस्तै: गुगल फाेटाेजले केवल फाेटाे र भिडिओकाे स्थानान्तरण गर्ने अनुमति दिन्‍छ भने गुगल डक्सले लेखेका पाेस्टहरुकाे मात्र स्थानान्तरण गर्ने सेवा दिन्‍छ ।

 

फेसबुक ग्रुप र पेजकाे व्यवस्थापन गर्नुहाेस्

यदि तपाईं फेसबुकमा कुनै पनि प्रकारका पेज वा ग्रुप चलाउनुहुन्छ, तर तपाईंमात्र एड्मिन हुनुहुन्छ भने फेसबुक अकाउन्ट डिलिट गर्दा पेज डिलिट हुन्‍छ भने ग्रुप अभिलेखका लागि मात्र रहने छ । यदि व्यापारका लागि फेसबुक पेज वा ग्रुप सञ्चालन गरिरहनु भएकाे छ भने अकाउन्ट डिलिट गर्दा समस्या आउन सक्दछ ।

यदि तपाईंले फ्यान वा अन्य कुनै रमाइलाेका लागि पेज/ग्रुप  सञ्चालन गरिरहनु भएकाे छ भने अरु काेहीलाई एड्मिन वा अरु केही बनाउन सक्नुहुन्छ । व्यापारका लागि सञ्चालन गरिरहनु भएकाे पेज वा ग्रुपका लागि भने आफ्नाे परिवार वा इमान्‍दार कर्मचारीलाई एड्मिन बनाउन सक्नुहुन्छ ।

ठूलै व्यापारका लागि भने ‘साेसल मिडिया मेनेजर’ राख्नु नै उत्तम विकल्प हुने छ । अथवा तपाईंले ‘थ्राेअवे अकाउन्ट’ पनि बनाउन सक्नुहुन्छ । जुन कुनै निश्चित कामका लागि मात्र बनाइएकाे हुन्छ ।

 

अन्य लगइन र एपहरूबाट फेसबुक हटाउनुहाेस्

विभिन्न वेबसाइट अथवा एपहरुमा साइन इनका लागि फेसबुक प्रयाेग हुने गर्दछ । जस्तै: स्पाेटिफाइ, टिन्‍डर, इन्‍स्टाग्राम आदि । यस्ता एपहरुमा लग इनका लागि फेसबुक अकाउन्ट मात्र प्रयाेग गरिएकाे हुनसक्छ ।

यसाे हुँदा फेसबुक अकाउन्ट डिलिट गरे पश्चात तिनमा पुन: लगइनकाे पहुँँच प्राप्त हुँदैन । कुन वेबसाइट र एपहरुमा लगइनका लागि तपाईंकाे फेसबुक एकाउण्ट प्रयाेग भइरहेकाे छ भनेर हेर्न निम्‍न प्रकृया अपनाउनु हाेस् ।

  • फेसबुकमा लगइन गर्नुहाेस

  • सेटिङ एण्ड प्राइभेसी भित्रकाे सेटिङमा जानुहाेस् ।

  • ‘एप एण्ड वेवसाइटस्’मा क्लिक गर्नुहाेस् । त्यहाँ देखा पर्ने एप र वेबसाइटहरू फेसबुक अकाउन्टसँग जडान भएका हुन्छन् ।

साथी, आफन्तहरुसँग कुरा गर्ने उत्तम विकल्प छनाेट गर्नुहाेस

धेरै जसाे मान्छेहरुले कुराकानीका लागि फेसबुकलाई एक प्राथमिक विकल्पका रुपमा लिने गरेका छन् । तर फेसबुक अकाउन्ट डिलिट गर्ने भए पछि फेसबुकका साथीहरुसँग जाेडिन तपाईंले कुनै अरु मेसेजिङ एप प्रयाेग गर्न सक्नु हुने छ । त्यसाे गर्दा तपाईं साथी भाइसँग टाढा रहनु पनि पर्दैन । 

 

यसका लागि तपाईंकाे रुचि र आवश्यकता अनुसार मेसेजिङ एप छनाेट गर्न सक्नुहुन्छ । बजारमा भाइबर, व्हाट्सएप, टेलिग्राम, भाइबर, ट्विटर थुप्रै विकल्पहरु रहेका छन् ।

 

फेसबुक अकाउन्ट डिलिट: ३० दिनपछि दोस्रो मौका छैन

फेसबुक अकाउन्ट डिलिट गर्नका लागि माथिका सबै कुराहरु गरिसक्नु भएपछि अकाउन्ट डिलिटका लागि निम्‍न प्रकृया अपनाउनुहाेस् ।

  • फेसबुकमा लगइन गर्नुहाेस

  • सेटिङ एण्ड प्राइभेसी भित्रकाे सेटिङमा जानुहाेस् ।

  • प्राइभेसीमा क्लिक गरी ‘याेर फेसबुक इन्‍फर्मेसन’ मा मा जानुहाेस् ।

  • स्क्राेल गर्दै तल जानु भएपछि ‘डिएक्टिभेसन एण्ड डेलिसन’ काे विकल्पमा क्लिक गर्नु हाेस् ।

  • अब देखिने डिएक्टिभेट अकाउन्ट र डिलिट अकाउन्टमध्ये डिलिट अकाउन्टकाे विकल्प छनाेट गर्नुहाेस्  । 

  • त्यस पश्चात डेटा डाउनलाेड अथवा स्थानान्तरण, पृष्ठ वा समूहमा एड्मिन थपकाे विकल्प देखा पर्ने छ । यदि यी काम तपाईंले पहिल्यै गरिसक्नु भएकाे छ भने ‘डिलिट अकाउन्ट’ मा प्रेस गर्नुहाेस ।

  • अब तपाईंले पासवर्ड हालेर 'कन्टिन्यु'मा क्लिक गरे पश्चात फेसबुकले कन्फर्मेसनका लागि पुन: साेध्‍नेछ । त्यहाँ  ‘डिलिट अकाउन्ट’ मा प्रेस गर्नुहाेस् । अब तपाईंकाे डिलिटकाे प्रक्रिया जानेछ । 

 

अकाउन्ट डिलिटकाे अनुराेधपछि फेसबुकले ३० दिनसम्म पुन: प्राप्तिकाे सुविधा दिएकाे छ । ३० दिनसम्म पनि पुन: प्राप्तिका लागि अनुराेध गर्नुभएन भने स्वत: अकाउन्ट सदाका लागि डिलिट हुने छ । तर तपाईंकाे डेटा भने ९० दिनपछि मात्र फेसबुककाे सर्भरबाट डिलिट हुनेछ ।

 

यसकारण फेसबुक अकाउन्ट डिलिट गर्नुअगाडि निश्चित भएर मात्र प्रक्रियामा जानुहा्ेस् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १५:१०