close

पठाओ सवार गर्दा डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

असोज २६, २०७९ १२:४७

पठाओ सवार गर्दा डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालिका सहसंस्थापक प्रविन रेग्मीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले राइडर, फुडम्यान र क्याप्टेनलाई रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड शेयरिङमार्फत सेवा सुरू गरेको पठाओले चार वर्षे यात्रा पूरा गरेको छ ।

काठमाडौं उपत्यकाबाट सुरू भएकाे पठाओले पछिल्लो समय चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । पठाओले बाइकबाहेक ट्याक्सी सेवा र फुड डेलिभरीको सेवा पनि दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ १२:४७