काठमाडाैं । सर्च इन्जिन डकडकगाेले म्याक प्रयोगकर्ताका लागि बेटा भर्सनमा वेब ब्राउजिङ एप सार्वजनिक गरेकाे छ । गाेपनीयताका लागि विकास गरिएकाे यस सर्च इन्जिनले गत अप्रिलमा बेटा भर्सन बन्द गर्ने घाेषणा गरेकाे थियाे । तर कम्पनीले म्याक प्रयाेगकर्ताका लागि आधिकारिक एप ल्याउनुअघि बेटा भर्सन सार्वजनिक गरेकाे हाे ।
याे बेटा भर्सनमा प्रायः डकडकगाेकाे माेबाइल संस्करणमा भएका विशेषता नै बढी छन् । यसअन्तर्गत सर्च इन्जिन, डिफेन्स अगेन्स्ड थर्ड पार्टी ट्र्याकिङ, कुकिज पप-अप प्राेटेक्सन र यसको लोकप्रिय फिचर 'फायर बटन' (एक क्लिकमा डेटा क्लियर गर्ने सुविधा) उपलब्ध गराइएकाे छ ।
यीबाहेक बेटा भर्सनमा युट्युबमा भिडिओ हेर्दा विज्ञापन र कुकिजहरु ब्लक गर्ने 'डक प्लेयर' पनि थपिएकाे छ । यसबाट प्रयाेगकर्ताले विज्ञापन हेरे पनि साे अनुसारकाे भिडिओ फिडमा नआउने कम्पनीकाे भनाइ छ ।
साथै युट्युबमा भिडिओ हेर्दा भ्युज भने गनिने छ । बेटा भर्सनबाट प्रतिक्रिया प्राप्त गर्न पिन गरेका ट्याब र बुकमार्क बारहरु सँगै ब्राउजिङ हिस्ट्री समावेश गरिएकाे छ ।
त्यस्तै डकडकगाेकाे ‘कुकी कन्सेन्ट पप मेनेजर’ पनि उपलब्ध गराइएकाे छ । यसले प्रयाेगकर्ताका लागि विभिन्न साइटहरुबाट स्वतः रुपमा प्रयाेगकर्ताकाे रुचिअनुसार पपअप मेसेज देखाउँछ ।
त्यस्तै यसले ईमेल प्राेटेक्सन पनि उपलब्ध गराएकाे छ, जसले इन्बक्सलाई ईमेल ट्र्याकर ब्लकिङकाे मद्दतबाट सुरक्षित राख्न सहयाेग गर्ने बताइएकाे छ । यसबाहेक बेटा भर्सनमा म्याकमा ट्रयाकर ब्लकिङलाई थप सुधार गरिएकाे छ ।
याेसँगै विज्ञापन ब्लक गरेर खाली हुने ठाउँसमेत हटाएकाे छ, जसले गर्दा प्रयाेगकर्ताले कुनै बाह्य एड ब्लकर प्रयाेग नगरिकनै काम गर्न सक्नेछन् ।
क्राेमभन्दा ६० प्रतिशत कम डेटा खपत गर्ने दाबी
म्याक प्रयाेगकर्ताका लागि उपलब्ध गराइएकाे याे वेब एप एप्पलकाे सर्च इन्जिन सफारीले प्रयाेग गरेकाे वेबकिट रेन्डरिङ इन्जिनमा आधारित छ । यसकारण क्राेमले भन्दा ६० प्रतिशत कम डेटा खपत गर्ने कम्पनीकाे दाबी छ ।
अब तपाईँ याे वेब एप प्रयाेग गर्न चाहनुहुन्छ भने अहिले प्रयाेग गरिरहनु भएकाे ब्राउजरबाट बुकमार्क तथा पासवर्ड डकडकगाेकाे बेटा भर्सन सार्न सक्नुहुन्छ । साथै डकडकगाेले बीटवार्डेन (एक ओपन साेर्समा आधारित पासवर्ड मेनेजर)सँगकाे सहकार्यमा पासवर्ड प्राेटेक्सन सुविधा उपलब्ध गराइएकाे छ ।
पासवर्ड तथा बुकमार्क सार्ने सुविधा बीटवार्डेन प्रयाेगकर्ताले समेत प्रयाेग गर्न पाउनेछन् । याेसँगै म्याक प्रयाेगकर्ताका लागि उपलब्ध डकडकगाेकाे वेब एपले वन पासवर्डकाे युनिभर्सल अटाेफिल विशेषतासमेत सपाेर्ट बताइएकाे छ ।
डकडकगाेले विन्डाेजका लागि पनि वेब एप डाउनलाेड गर्न मिल्ने सुविधा थप्ने भएकाे छ । हाल यसकाे परीक्षण भइरहेकाे समेत कम्पनीले जनाएकाे छ । म्याक ब्राउजरमा डकडकगाे डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।