काठमाडौं । उपहार तथा कोसेलीको अनलाइन शपिङ प्लेटफर्म ‘योर कोसेली सेलिब्रेसन’ ले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै गिफ्ट प्याकेज तयार पारेको छ ।
भाइटिकामा आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन सहज होस् भन्ने उद्देश्यका साथ कम्पनीले विभिन्न गिफ्ट प्याकेज तयार पारेको हो ।
‘हामीले ग्राहकको आवश्यकता र हाम्रो संस्कृति अनुसार गिफ्टहरु बनाएका छौं,’ योर कोसेलीको गिफ्ट भर्टिकलकी प्रमुख स्वेता जोशीले भनिन्, ‘दुई हजारदेखि आठ हजारको गिफ्ट प्याकेज तयार पारेका छौं । नेपाल वा विदेशमा बस्ने जो कोहीले हाम्रो वेबसाइट वा सामाजिक सञ्जालबाट अर्डर गर्न सक्नुहुनेछ ।’
विषेशगरी विदेशमा भएकाहरुले यहाँ रहेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई याेर काेसेली प्लेटफर्ममार्फत अर्डर गरेर घरमा गिफ्ट पुर्याउनसक्ने जोशी बताउँछिन् ।
उनका अनुसार ग्राहकले ईसेवा, खल्ती वा अनलाइन बैंकिङमार्फत भुक्तानी गर्नसक्ने छन् ।