close

१६ जीबी र्‍याम भएको सामसङको नयाँ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक ७, २०७९ १७:२९

१६ जीबी र्‍याम भएको सामसङको नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । हरेक वर्षझैँ यो वर्ष पनि सामसङले चिनियाँ बजारमा जेड फोल्डकाे मँहगो भर्सन सार्वजनिक गरेको छ । कम्पनीले यो पटक भने फोल्डसँगै फ्लिपको पनि महँगो भर्सन सार्वजनिक गरेको छ ।

सामसङले ग्यालेक्सी जेड फोल्ड ४ को मँहगो र आकर्षित भर्सनको रुपमा ‘सामसङ डब्लु २३’ सार्वजनिक गरेको हाे । यो फोनमा १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज उपलब्ध छ । यो फोनको पछाडिको भाग कालो रंगको सेरामिकले तयार गरिएको छ भने यसका अन्य भाग आल्मुनियमले बनेको छ ।

फोनमा अन्य कस्टम थिमहरू पनि उपलब्ध गराइएको छ । चीनमा प्रि-बुकिङ सुरु भइसकेको यो फोनको मूल्य १६,००० यूआन अर्थात् दुई लाख ९० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी कम्पनीले सार्वजनिक गरेको 'सामसङ डब्लु२३ फ्लिप' ग्यालेक्सी जेड फ्लिप फोरको महँगो भर्सन हो । यो फोनमा १२ जीबीको र्‍याम र ५१२ जीबीको स्टोरेज उपलब्ध गराइएको छ ।

यो फोन पनि फोल्डको जस्तै कालो र गोल्डेन कलरको डिजाइनमा उपलब्ध छ । चिनियाँ बजारमा यो फोनको मूल्य १०,००० यूआन अर्थात् एक लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०७९ १७:२९