close

तपाईंको मोबाइलमा यी १६ एप भए तुरुन्त हटाउनुहोस्

टेकपाना टेकपाना

कात्तिक ९, २०७९ ७:३८

तपाईंको मोबाइलमा यी १६ एप भए तुरुन्त हटाउनुहोस्

काठमाडाैं । नि:शुल्क रूपमा डाउनलाेड गरिएका कतिपय एप प्रयाेगकर्ताका लागि हानिकारक रहेकाे एक अध्ययनले खुलाएकाे छ । यी एप र गेमले आफ्ना प्रयाेगकर्तालाई कम सेवा र बढी विज्ञापन देखाउने गर्छन् ।

साथै प्ले स्टाेरमा उपलब्ध त्यस्ता एपले विभिन्न भाइरसहरु पनि बाेकेका हुन्छन् । जुन एक सााधारण प्रयाेगकर्तालाई थाहा हुँदैन । म्याकाफी ल्याबकाे थ्रेड रिसर्च टिमले गरेकाे पछिल्लाे अनुसन्धानले त्यस्ता निःशुल्क भनिएका एप तथा गेमले प्रयाेगकर्तालाई अनावश्यक झन्झटमात्र दिने पत्ता लागेकाे छ ।

हालै मात्र म्याकाफीले यस्ता १६ एप पत्ता लगाएकाे छ, जसले आफ्नाे काम गर्नुअघि नै विज्ञापन स्वतः देखाउने गर्छन् । प्ले स्टाेरमा दुइ कराेडभन्दा बढी पटक डाउनलाेड भएका यी एप डेटा चाेर्ने नियतले नै निर्माण गरिएकाे म्याकाफीकाे निष्कर्ष छ । यस प्रकारका एपहरु प्ले स्टाेरमा सकेसम्म आउन नदिन गुगलले निकै प्रयास गरिरहेकाे छ । तर त्यस्ता एपहरुले प्रयाेगकर्तालाई नि: शुल्क सेवा दिने भनेर छल गर्ने गरेका छन् । 

म्याकाफीले गुगललाई रिपाेर्ट गरेका त्यस्ता १६ एपले एड क्लिकिङ र फेक क्लिक गरेर पैसा कमाइरहेकाे बताइएकाे छ । फेक क्लिक अन्तर्गत कसैले एपका फिचरमा क्लिक गरे विभिन्न वेबसाइटहरुमा पुगिन्छ । यसका लागि त्यस्ता एपले वेबसाइटसँग अनुमति लिएका हुँदैनन् । यस्ताे अवस्था कतिपय  वेबसाइटहरु प्राइभेसी र सुरक्षाकाे हिसाबले निकै कमजाेर हुन्छन् ।

यस्ता एपले आफ्नाे झुट लुकाउन डाउनलाेड गरेकाे केही समय काम गरेजस्ताे गर्छन् । एपकाे विवरणमा कुनै पनि गलत कुराहरु लेखेका हुँदैनन् । जसले गर्दा यस्ता एपहरु चिन्न झनै गाह्राे हुन्छ । यस प्रकारका एपले ब्याकग्राउण्ड क्रियाकलाप मात्र गरिरहेका हुन्छन्, जुन प्रयाेगकर्ताले थाहा नपाउन सक्छन् ।

यस प्रकारका एपहरु थाहा पाउने भनेकाे माेबाइलकाे ब्याट्री सामान्य दिनहरु भन्दा छिटाे सकिनु, माेबाइल फाेन अनावश्यक रुपमा तातिनु, माेबाइल डेटा सामान्य दिनभन्दा चाँडाे सकिनु जस्ता कुराहरु हुन् । 

 

यी एपहरु तपाईंकाे माेबाइलमा छ भने तुरून्त हटाउनुहाेस्

  1. High-Speed Camera (package name - com.hantor.CozyCamera)

  2. Smart Task Manager (com.james.SmartTaskManager)

  3. Flashlight+ (kr.caramel.flash_plus)

  4. 달력메모장 (com.smh.memocalendar)

  5. K-Dictionary (com.joysoft.wordBook)

  6. BusanBus (com.kmshack.BusanBus)

  7. Flashlight+ (com.candlencom.candleprotest)

  8. Quick Note (com.movinapp.quicknote)

  9. Currency Converter (com.smartwho.SmartCurrencyConverter)

  10. Joycode (com.joysoft.barcode)

  11. EzDica (com.joysoft.ezdica)

  12. Instagram Profile Downloader (com.schedulezero.instapp)

  13. Ez Notes (com.meek.tingboard)

  14. 손전등 (com.candlencom.flashlite)

  15. 계산기 (com.doubleline.calcul)

  16. Flashlight+ (com.dev.imagevault) 

 

यस प्रकारका एपले आधिकारिक एपसँग मिल्दाे नाम राखेका हुन्छन् । यसरी दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि बनाइएकाे एप जस्ताे लागेर प्रयाेगकर्ताले डाउनलाेड गर्छन् । तर एप भने नक्कली हुन्छ । सामान्य नाम र विज्ञापनमा अलि फराकिलो उद्देश्य राखेका यस्ता एपले धेरै डाउनलाेड पाएका छन् । यसबाहेक धेरै डाउनलाेड भएकाहरुमा यिनीहरु स्वयंले नक्कली रिभ्युहरु लेख्ने गरेका छन् । 

प्रयाेगकर्ताहरु यस्ता कुरामा फस्नुमा गुगलकाे पनि दाेष रहेकाे छ । यस्ता नक्कली एपहरुलाई प्ले स्टाेरमा राेक्न असफल मात्र हाेइन, यस्ता एपलाई ‘युटिलिटी’ क्याटेगाेरीमा ठाउँ दिनु, लामाे समयसम्म विज्ञापनकाे अनुमति दिनुमा गुगलकै दाेष रहेकाे म्याकाफीले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०७९ ९:३५