close

गेमिङ ल्यापटप किन्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यसका ५ बेफाइदा

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ २१:५

गेमिङ ल्यापटप किन्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यसका ५ बेफाइदा

काठमाडौँ । गेमिङ ल्यापटप धेरै पावरफुल हुन्छन् । यो कुरा साँचो हो । तर पनि यस्ताे ल्यापटपमा केही त्रुटि वा बेफाइदा भने पक्कै छन् । यदि तपाईँ गेमिङका लागि ल्यापटप लिने सोचमा हुनुहुन्छ भने यी त्रुटिबारे पहिल्यै ख्याल राख्नुपर्ने हुन्छ ।

१. महङ्गो

गेमिङ ल्यापटप एउटै खालको कम्पोनेन्ट प्रयोग गरिएको डेस्कटपभन्दा महङ्गो हुन्छ । त्यसको एउटै कारण हो, साइज । ल्यापटपमा लाग्ने ग्राफिक्स कार्डदेखि लिएर सीपीयूसम्मको साइज सानो हुन्छ । साथै यिनीहरुमा हिट सिङ्क पनि राखिएको हुन्छ । र, सबै कम्पोनेन्टलाई ल्यापटपको सानो च्यासिसको लागि तयार गरिएको हुन्छ ।

यसबाहेक सानो मदरबोर्डमा नै सबै कुराको अट्ने गरी स्थान बनाइएको हुन्छ, जसले गर्दा ल्यापटप महङ्गो पर्न आउँछ ।

२. खराब ब्याट्री लाइफ

गेमिङ ल्यापटपमा पावरफूल सीपीयू र जीपीयू राखिएको हुन्छ, जुन धेरै पावर लिग्ने खालका हुन्छन् । यसले गर्दा गेम खेल्दा ब्याट्रीमा धेरै दबाब हुन्छ र ब्याट्री पनि छिटो सकिन्छ ।

यसले ल्यापटपको ब्याट्री लाइफमा नै असर गर्छ । पछि पछि १-२ घण्टा पनि चार्ज नटिक्ने समस्या भई चार्जर साथमा बोकेर हिँड्नुपर्छ ।

३. अपग्रेड गर्न समस्या

बजारमा थुप्रै ब्रान्डका ल्यापटपहरु उपलब्ध छन्, जसले विभिन्न सुविधा उपलब्ध गराइरहेका छन् । तर ती सबैको कमी भनेको अपग्रेड गर्ने सुविधा नहुनु हो ।

गेमिङ डेस्कटपमा हामीले ग्राफिक्स कार्ड, मोदरबोर्ड देखि लिएर डेस्कटपको हरेक सामान हामीले अर्को राख्न सक्छौ तर ल्यापटपमा अपग्रेड सुविधा शुन्यको बराबर हुन्छ ।

४. धेरै तात्ने तथा आवाज आउने

गेमिङ ल्यापटपको अर्को समस्या धेरै तात्ने पनि हो । हुन त सामान्य ल्यापटपको तुलनामा गेमिङ ल्यापटपमा हावा आवतजावतका लागि धेरै सुविधा दिइएका हुन्छन् । तैपनि हावा आउन जान समस्या भइरहेको नै हुन्छ ।

यसबाहेक गेम खेल्दा पङ्खा मजाले घुम्दा गेमिङ ल्यापटपमा आवाज पनि धेरै आइरहेको हुन्छ ।

५. केही समयको लागि मात्र उपयोगी

लामो समयको लागि सोच्ने हो भने यस्ताे ल्यापटप त्यति उपयोगी मानिदैँन । यसको अपग्रेड गर्न नमिल्ने कुराले धेरैलाई केही समयपछि सताउने गर्छ ।

साथै प्रयोग गर्दै जाँदा यसको ब्याट्री र यसले दिने आउटपुटमा ढिलाइ तथा कमी आउँछ । त्यसैले लामो समयको लागि हेर्नै हो भने गेमिङ ल्यापटपभन्दा डेस्कटप नै उपयोगी हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १०:३०