close

फेसआईडी वा टचआईडी प्रयोग गरेर पासवर्डलाई यसरी बनाउनुहोस् 'पासकी'

टेकपाना टेकपाना

कात्तिक २१, २०७९ ११:५५

फेसआईडी वा टचआईडी प्रयोग गरेर पासवर्डलाई यसरी बनाउनुहोस् 'पासकी'

काठमाडौं । पासवर्ड बिर्सने, सहजै ह्याक हुनेजस्ता समस्या हुँदा पछिल्लो समय यसकाे विकल्प खाेजी भइरहेकाे छ । ठूला प्रविधि कम्पनीहरू पासवर्डलाई प्रतिस्थापन गर्न बायोमेट्रिक डेटाको प्रयोगमा जोड दिइरहेका छन् । पासवर्डको तुलनामा बायोमेट्रिक लक बढी सुरक्षित हुने मान्यता छ ।

पछिल्ला केही वर्षमा ठूला कम्पनीहरूले पासवर्डलाई ‘पासकी’मार्फत प्रतिस्थापन गर्नका लागि धेरै प्रयास गरेका छन् । जसमध्ये हालैमात्र एप्पलले आईओएस १६ र आईओएस १६.१ को अपडेटसँगै पासकी थप गरेको छ ।

पासकी एउटा यस्तो प्रणाली हो, जसको दुईओटा चरण हुन्छन् । एउटा ‘की’ सार्वजनिक हुन्छ भने अर्को ‘की’ प्रयोगकर्ताको डिभाइसमा जोडिएको हुन्छ । यो फिचर गुगलले समेत लागू गर्ने तयारी गरिरहेको छ । एन्ड्रोइड र आईओएसका लागि पासकी प्रयोग गर्ने तरिका फरक-फरक छन् । 

आईओएसमा यसरी प्रयोग गर्नुहोस् पासकी

आईओएसमा आईक्लाउड किचेनमार्फत पासकी सञ्चालन हुनेहुँदा प्रयोगकर्ताले आफ्नो डिभाइसमा यो फिचरलाई इनेबल गर्नुपर्ने हुन्छ । साथै प्रयोगकर्ताले आफ्नो एप्पल आईडीका लागि टु फ्याक्टर अथेन्टिकेसन पनि प्रयोग गर्नुपर्ने हुन्छ । यति भइसकेपछि प्रयोगकर्ताले आफ्नो आईफोनमा पासकी प्रयोग गर्न सक्नेछन् ।

यसका लागि आईओएसको नयाँ सफ्टवेयर भने अपडेट गरेको हुनुपर्छ । पासकी प्रयोग गर्नका लागि एउटा छुट्टै अकाउन्ट बनाउनुपर्ने हुन्छ । हाललाई सबै एपहरूले यो फिचरलाई सपोर्ट गरेको छैन । पेपाल, इबे, कायाक लगायतका एपहरूमा पासकी फिचर उपलब्ध भइसकेको छ ।

पासकी उपलब्ध भएका एपहरूमा तपाईंले साइन इन गर्ने बेलामा तपाईंलाई पासकी प्रयोग गर्न चाहनुहुन्छ भनेर प्रश्न सोधिनेछ । यसमा 'कन्टिन्यु' अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यसपछि 'सेभ अनाेदर डिभाइस' अप्सनमा क्लिक गर्नुहोस् । त्यति गरेसँगै तपाईंलाई फेसआईडी अथवा टचआईडी प्रयोग गर्न आग्रह आउनेछ ।

आफ्नो फेस अथवा टचआईडी उपलब्ध गराइसकेपछि तपाईंको पासकी तयार हुन्छ । यसपछि तपाईंले यी एपहरुमा भविष्यमा लगइन गर्दा पासकीमार्फत नै स्वतः लगइन गर्न सक्नुहुनेछ । 

एन्ड्रोइडमा यसरी प्रयोग गर्नुहोस् पासकी

पासकी फिचर उपलब्ध गराउने कुरामा भने एप्पलको तुलनामा गुगल केही कदम पछाडि परेको छ । गुगलले हाल एन्ड्रोइड प्रयोगकर्ता र क्रोमको वेब ब्राउजर प्रयोगकर्ताका लागि यो प्रणालीको बेटा भर्सनमात्र उपलब्ध गराएको छ । अबको केही महिनामा नै यसको फुल भर्सन उपलब्ध गराउने कम्पनीको तयारी छ ।

यो उपलब्ध भएपछि भने आईओएसमा जस्तै गरी एन्ड्रोइड डिभाइसमा यो प्रयोग गर्न सकिनेछ । पासकी सपोर्ट गर्ने एपहरू डाउनलोड गरेर साइनइन गर्ने बेलामा तपाईंसँग पासकी प्रयोगको अनुमति मागिनेछ । यसमा तपाईंले 'कन्टिन्यु' मा क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ ।

यसपछि आफ्नो फिंगरप्रिन्ट मार्फत आफ्नो परिचय भेरिफाई गरिसकेपछि पासकी इनेबल हुनेछ । साथै एन्ड्रोइड फोन प्रयोगकर्ताले अरु डिभाइसमा भएको एप अथवा साइटहरूमा पनि साइनइन गर्न साोही पासकी प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०७९ १२:१