close

म्याक चलाउनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी ६ शर्टकट की, जसले जोगाउनेछ तपाईँको समय

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ २२:१५

म्याक चलाउनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी ६ शर्टकट की, जसले जोगाउनेछ तपाईँको समय

काठमाडौं । काम गर्दा होस् वा आफूलाई मन परेको टिभी शो हेरिरहँदा नै किन नहोस्, तपाईँ कमान्ड र अप्सन जस्ता ‘मोडिफाइर की’ प्रयोग गर्नुहुन्छ । तपाईँको कीबोर्डका लागि यी की एकदमै महत्त्वपूर्ण छन्, किनभने कुनै पनि सिंगल कीको तुलनामा छिटो काम गर्न सकिन्छ ।

यसको सबैभन्दा प्रभावकारी उदाहरण भनेको ‘कपी’ का लागि (कमान्ड–सी) र पेस्टका लागि (कमान्ड–भी) हो । यो त सबैले प्रयोग गर्ने सामान्य शर्टकट हो । यस्ता धेरै शर्टकट छन्, जसले तपाईंको कामलाई निकै सहज बनाउँछन् ।

उदाहरणका लागि कुनै पनि एप अपर्झट रुपमा बन्द गर्नुपरे ‘अप्सन-कमान्ड-ईएससी’ शर्टकट प्रभावकारी हुन्छ ।

यदि तपाईं म्याक चलाउनुहुन्छ भने माथि उल्लेखित शर्टकट नियमित रुपमै प्रयोग गर्दै आउनुभएको होला । तर, यहाँ हामी तपाईंलाई यस्ता ६ शर्टकट की बारे जानकारी दिँदै छौं, जुन सामान्य रुपमा प्रयोगमा आउँदैन ।

विन्डाेमा खोलिएका सबै एपमा एक्सेस बनाउन

म्याकको विन्डोमा खोलिएका एपहरुमा पहुँच बनाउनका लागि सबैभन्दा सहज तरिका  भनेको ‘कमान्ड–ट्याब’ की हो । सामान्यतः विन्डोमा खोलिएका एपहरुमा पहुँच बनाउनका लागि माउसको प्रयोग गर्ने गरिन्छ । माउसको कर्सरले एकपछि अर्को गर्दै छनोट गर्नुपर्ने बाध्यता हुन्छ ।

तर, यो शर्टकटको सहायताले तपाईंले सोझै खोलिएको एपहरुमा पुग्न सकिन्छ । ती एपहरुमध्ये पनि आफूले चाहेको एपमा पुग्न कमान्डलाई क्लिक गरिरहेको खण्डमा एकपछि अर्को गर्दै एपहरु हाइलाइट हुँदै जान्छन् । जुन एप तपाईंलाई आवश्यक परेको हो, उक्त एप हाइलाइट भएको अवस्थामा कमान्ड की लाई छाडिदिएको खण्डमा उक्त एप खुल्नेछ ।

डेस्कटपमा खोलिएको विन्डो बन्द गर्न

डेस्कटपमा खोलिएको कुनै पनि विन्डो मिनिमाइज गर्नका लागि हामी विन्डोको बाँया साइडको कुनामा रहेको ‘माइनस’ बटनलाई क्लिक गर्छाैं । कर्सरलाई माइनस बटनमा पुर्‍याएर विन्डो मिनिमाइज गर्नुको सट्टा तपाईंले ‘कमान्ड–एच’ शर्टकट क्लिक गर्नुभएको खण्डमा सोझै तपाईंको डेस्कटपमा खोलिएको विन्डो मिनिमाइज हुनेछ ।

यदि तपाईंले आफूले खोलेका सबै विन्डो एकै पटक मिनिमाइज गर्न चाहनुहुन्छ भने ‘अप्सन–कमान्ड–एच’ क्लिक गर्न सक्नुहुनेछ ।

फाइल तथा एप सर्चका लागि स्पटलाइट

स्पटलाइट सर्च म्याकको एउटा महत्त्वपूर्ण फिचर हो । उक्त सर्चबारमार्फत तपाईंले म्याकमा भएका फाइल तथा एप सर्च गर्न सक्नुहुन्छ । यतिसम्म कि तपाईंले यसैमार्फत ईमेल, टेक्स्ट मेसेज, नोटसमेत सर्च गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले मेन्यु बारमै गएर यसलाई खोल्नुपर्ने बाध्यता छ ।

तर, यदि तपाईंले ‘कमान्ड–स्पेसबार’ एकैपटक क्लिक गर्नुभएको खण्डमा यो सोझै ओपन भएर विन्डोमा आउनेछ ।

वेब ब्राउजरमा यूआरएल हाइलाइट गर्न

सामान्यत: कुनै पनि वेब ब्राउजरको यूआरएल अर्थात् लिंक कसैलाई शेयर गर्नुपरे उक्त लिंकलाई डबल क्लिक गरी सेलेक्ट गरेर कपी गर्नुपर्ने हुन्छ । तर, यसका लागि सहज तरिका छ ।

तपाईंले ‘कमान्ड–एल’ शर्टकट प्रयोग गर्नुभएको खण्डमा सफारी, क्रोम लगायतका कुनै पनि एड्रेस बारमा भएको जुनसुकै कुरालाई यसले हाइलाइट गर्नेछ ।

त्यसरी हाइलाइट गरिएको विषयलाई ‘कमान्ड-सी’ क्लिक गरी कपी गरेर आवश्यकता अनुसार पेस्ट गर्न सकिन्छ ।

सफारी वेब ब्राउजरमा बन्द गरिएका कुनै पनि ट्याब पुनः खोल्न

तपाईंले सफारीमा ‘कमान्ड–टी’ शर्टकट निकै प्रयोगमा ल्याउनुभएको होला । सफारीमा ‘कमान्ड–सी’ ले नयाँ ट्याब खुल्छ । तर, कहिलेकाहीँ तपाईंले खोलेको ट्याब एक्कासी बन्द भयो भने के गर्ने ? त्यसको लागि पनि म्याकमा शर्टकट की उपलब्ध छ ।

तपाईंले ‘कमान्ड–शिफ्ट–टी’ क्लिक गर्नुभएको खण्डमा झुक्किएर बन्द भएको ट्याब पुनः खुल्नेछ । यदि तपाईंले धेरै ट्याब खोल्नुभएको थियो र ती ट्याब पुनः खोल्न चाहनुहुन्छ भने ‘कमान्ड–शिफ्ट–टी’ ट्याब गरिरहँदा एकपछि अर्को गर्दै ट्याब खुल्दै जान्छ ।

एप्पलको आफ्नै एपमध्येबाट केही नयाँ खोल्न

‘कमान्ड–एन’ की हामीले त्यति प्रयोगमा ल्याएका हुँदैनौ । यो धेरैजसो चर्चित एप्लिकेसनमा नयाँ विन्डो खोल्नका लागि प्रयोगमा आउँछ ।

तर, म्याकका भने ‘कमान्ड–एन’ ले मेलमा आएकामध्ये पनि नयाँ ईमेल खोल्न, आईमेसेजमा आएको नयाँ मेसेज खोल्न, सफारीमा नयाँ विन्डो खोल्न, नोटमा राखिएको नयाँ नोट्स खोल्न लगायतमा यसले काम गर्छ ।

सीनेट

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ २२:३९