close

१२औँ वार्षिकाेत्सव मनाउँदै फुडमाण्डु, विभिन्न रेस्टुरेन्टमा १२ रुपैयाँमा खानाका परिकार पाइने

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ २०:५४

१२औँ वार्षिकाेत्सव मनाउँदै फुडमाण्डु, विभिन्न रेस्टुरेन्टमा १२ रुपैयाँमा खानाका परिकार पाइने

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डु भाेलिदेखि १३औं वर्षमा प्रवेश गर्दैछ । २०६७ साल कात्तिक २५  मा स्थापन भएको फुडमान्डुले देशका प्रमुख सहरमा सेवा विस्तार गरिरहेको छ ।

आफ्नो १२औँ वार्षिकाेत्सवका अवसरमा कम्पनीले विभिन्न अफर घाेषणा गरेकाे छ । यसअन्तर्गत फुडमान्डुले एक दिनका लागि विशेष वार्षिकोत्सव छुटको रूपमा '१२ प्रतिशत डिस्काउट कुपन कोड' सार्वजनिक गरेको छ ।

यही अफरमा १२ दिनका लागि सहरका विभिन्न रेस्टुरेन्टमा १२ रुपैयाँमा पाइने विभिन्न खानाका परिकार र कम्तीमा ४० प्रतिशत बचत गर्न सकिने १२ सयको कम्बो खाना रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै ग्राहकले भुक्तानी गर्ने क्रममा आईएमई पे, खल्ती, कनेक्ट आईपीएस र फोन पेजस्ता डिजिटल वालेट प्रयोग गर्दा १२ प्रतिशत (बढीमा १२० रुपैयाँ) थप छुट पाउन सक्नेछन् ।

यी अफरहरू आगामी मंसिर ६ गते (२२ नोभेम्बर २०२२) सम्म लागू हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ २०:५४