close

रिम्याक नभेरा बन्यो विश्वको उच्च गतिको विद्युतिय कार, प्रति घण्टा ४१२ किलोमिटर रेन्ज

टेकपाना टेकपाना

मंसिर १४, २०७९

रिम्याक नभेरा बन्यो विश्वको उच्च गतिको विद्युतिय कार, प्रति घण्टा ४१२ किलोमिटर रेन्ज

काठमाडौं । प्रति घण्टा ४१२ किलोमिटर गुड्दै रिम्याक कम्पनीको विद्युतीय कार ‘नभेरा’ विश्वको सबै भन्दा उच्च गतिमा गुड्ने विद्युतीय कार बन्न सफल भएको छ । क्रोएसियाली निर्माता कम्पनी रिम्याकले यो कारको गतिको परिक्षण गत अक्टोबर महिनामा गरेको थियो ।

गत अक्टोबर २८ मा जर्मनीको अटोमोटिभ टेस्टिङ पेपनबर्ग ट्रयाकमा गरेको परिक्षणमा यो कारले ४१२ किलोमिटर प्रतिघण्टाको गतिमा गुडेर नयाँ रेकर्ड बनाउन सफल भएको हो ।  
चार किलोमिटर लामो दुई ओटा सीधा ट्रयाक भएको अण्डा आकारको सर्किटमा उक्त परीक्षण गरिएको थियो । 

क्रोएसियामा बनेको यो गाडीको १,९१४ हर्सपावर जेनेरेट गर्छ भने यसले २,३६० एनएम टर्क पैदा गर्न सक्छ । यो गाडीमा  चारओटा मोटर जडान गरिएको छ । गाडीमा भएको चारओटा पाङ्ग्रामा छुट्टाछुट्टै चार मोटर जडान गरिएको छ । कम्पनीले दुई सिट भएको यो कारको १५० थान उत्पादन गरेको छ ।  

यो कारमा १२० किलोवाट आवर लिथियम निक्केल ब्याट्री जडान गरिएको छ । जसले एक पटकको सिंगल चार्जमा ५४७ किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।