close

विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

टेकपाना टेकपाना

मंसिर १४, २०७९ २०:४१

विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत नेपालमा इन्टरनेट पार्टनरको रूपमा डिशहोम फाइबरनेट जोडिएको छ ।

यसका लागि डिशहोमले विश्वकप फुटलब प्रसारणको अधिकार लिएको मिडियाहब प्रालिसँग सहकार्य गरेको छ ।

फाइबरमार्फत देशभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोमले विश्वकपका अवसरमा विभिन्न इन्टरनेट र आईपीटीभी प्याकेज सञ्चालन गरिरहेको छ । 

कम्पनीका अनुसार डिशहाेम ग्राहकले विश्वकप फुटबलकाे प्रत्यक्ष प्रसारण टिभीकाे क्वालिटीअनुसार लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) र टुके रेजोलुसनमा हेर्न पाउनेछन् ।

यसैबीच कम्पनीले विश्वकपका लागि '​फिल त म्याजिक अफ फुटबल ईन डिशहोम' अभियान सञ्चालन गरिरहेकाे छ । सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधिलाई मध्यनजर गर्दै यो अभियान ल्याएको कम्पनीले जनाएको छ । 

यसअन्तर्गत उपहारहरूसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियान सञ्चालन गरिनेछ । अभियानमा सहभागी हुन डिशहोमकोफेसबुक पेजमा गई पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम जस्तै; MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ ।

साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षण्हरुको भिडिओ क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १२:१३