close

खल्तीको बैंक लिङ्क अफर, हरेक दिन ३२ इन्चको टिभी जित्न सकिने

टेकपाना टेकपाना

मंसिर २३, २०७९ १९:१४

खल्तीको बैंक लिङ्क अफर, हरेक दिन ३२ इन्चको टिभी जित्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले ‘खल्तीमा बैंक लिङ्क’ अफर ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले आफ्नो पहिलो पटक लिङ्क गरिएको बैंक खाताबाट पहिलो भुक्तानी गर्दा रु. १०० को बोनस तत्काल पाउनेछन् । यो बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिङ्क गर्ने र आफ्नो लिङ्क गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताका लागि लागू हुने कम्पनीले जनाएकाे छ ।

यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये कम्पनीले हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई ३२ इन्च टिभी प्रदान गर्ने भएकाे छ । यसका लागि खल्ती प्रयोगकर्तासँग बैंक खाता लिङ्क गर्नका लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्छ ।

“यस अफरमार्फत हामी प्रयोगकर्तालाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहन्छौं । खल्ती प्रयोगकर्ताले अब आफ्नो लिङ्क गरिएको बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्नसक्ने भएकाले वालेट ब्यालेन्स रिलोड गर्ने समस्याको सामना गर्नुपर्दैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ।

यस अफरलाई थप विशेष बनाउन खल्तीले हरेक हप्ताको सोमबार र बिहीबार 'फायर सेल' पनि ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट, डेटा प्याक, जीवन बीमाजस्ता सेवामा हरेक दिउँसो १ बजे फायर सेलका लागि ५० प्रतिशतसम्म क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

खल्तीमा बैंक खाता लिङ्क भएपछि प्रयोगकर्ताले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्नेजस्ता अन्य धेरै भुक्तानी सिधै र छिटै लिङ्क गरिएको बैंक खाताबाट गर्नसक्ने कम्पनीकाे भनाइ छ ।

यो अफर मङ्सिर २२ देखि माघ ७ सम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ १९:३०