close

पाँच नयाँ मोडलमा सार्वजनिक हुँदै आईफोन १५ !

टेकपाना टेकपाना

पुस ११, २०७९ ९:३१

पाँच नयाँ मोडलमा सार्वजनिक हुँदै आईफोन १५ !

काठमाडौं । आईफोन १५ को चर्चा चल्न सुरु भएको धेरै लामो समय भइसकेको छ । सन् २०२३ मा सार्वजनिक हुने भएपनि फोनको विभिन्न विवरणहरू विस्तारै बाहिरिने क्रम जारी छ । आईफोन १४ मा खास मेहेनत नगरेको एप्पलले आईफोन १५ को लागि भने धेरै काम गरिरहेको छ । यो सिरिजका स्मार्टफोनसँग जोडिएका नयाँ फिचरहरूको विषयमा पनि चर्चा उत्तिकै चलिरहेको छ । ​

यसैबिच आईफोन १५ सिरिजमा कतिओटा मोडलका स्मार्टफोन हुनेछन् भन्ने विषयमा पनि केही जानकारी बाहिरिएको छ । सामान्यतया कम्पनीले सिरिजमा चार मोडलका स्मार्टफोन मात्रै सार्वजनिक गर्ने गरेको छ । अब भने कम्पनीले पाँच मोडलको सिरिज सार्वजनिक गर्ने बताइएको छ । 

आईफोन १४ सिरिजबाट कम्पनीले मिनि भर्सन सार्वजनिक गर्न बन्द गरेको हो । यसको साटोमा प्लस भर्सन उपलब्ध गराएको थियो । तर आईफोन फोर्टिन प्लसले खास बजार लिन सकेन । यसकारण पनि कम्पनीले आईफोन मिनि पुन सार्वजनिक गर्ने संकेत देखाइरहेको छ । यद्यपि कम्पनीले प्लस भर्सनलाई भने हटाउने छैन । यसको अर्थ हो आईफोन फिफ्टिनको सिरिजमा पाँचओटा मोडलका स्मार्टफोन हुनेछ । 

बाहिरिएको जानकारी अनुसार कम्पनीले आईफोन फिफ्टिन अन्तर्गत ५.४ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन मिनि, ६.१ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन, ६.७ इन्च डिस्प्ले भएको फिफ्टिन प्लस, ६.१ इन्च डिस्प्ले भएको १५ प्रो र ६.७ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।    

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ ९:३१