close

अब मध्यरातमा समेत फिल्म हल खुल्ने

टेकपाना टेकपाना

पुस १२, २०७९ १४:४९

अब मध्यरातमा समेत फिल्म हल खुल्ने

काठमाडौं । अब मध्यरातमा पनि सिनेमा हल खुल्ने भएका छन् । साेमबार बसेको चलचित्र विकास बोर्डको बैठकले राति ११ बजेपछि पनि सिनेमा हल खुल्न दिने निर्णय गरेको हो ।

राति ११ बजेपछि चलचित्र प्रदर्शन गर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चत हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरे प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनुपर्ने निर्णय भएको हो ।

यसअघि बेलुका ११ बजेसम्म चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरे सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो । 

साथै बोर्डले फिल्म सेन्सरको समयावधि पनि कम गरेको छ । चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेस  गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिनअगाडि दरखास्त पेस गर्नुपर्ने निर्णय गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ १८:४