काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसङले आफ्नो युजर इन्टरफेस 'वन यूआई ५.१' ल्याउने तयारी गरेको छ । एन्ड्रोइड १३ मा आधारित वन यूआई ५ को नयाँ संस्करणका रुपमा कम्पनीले यो अपडेट ल्याउन लागेको हो ।
हाल एक दर्जन बढी डिभाइसमा वन यूआई ५.० उपलब्ध भइसकेको छ । कम्पनीले केही नयाँ फिचरसहित ग्यालेक्सी एस२२ सिरिजका फाेनमा वन यूआई ५.१ परीक्षण गरिरहेको जीएसएम एरेनाले उल्लेख गरेको छ । खबर अनुसार सामसङ ग्यालेक्सी एस२३ सिरिजसँगै यो अपडेट सार्वजनिक हुनेछ ।
कम्पनीले फेब्रुअरी महिनामा यो फ्ल्यागशिप सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । वन यूआई ५.१ मा नयाँ अपडेट स्वरुप लक स्क्रिनमा थप कस्टमाइज गर्न सकिने फिचरहरू उपलब्ध हुने बताइएको छ ।
साथै यसले एन्ड्रोइड १३ को नयाँ मिडिया प्लेयर विजेट डिजाइन पनि समावेश गर्नेछ । साथै मल्टिटास्किङ अर्थात् एकैपटकमा धेरै कामहरू गर्न सकिने फिचरलाई विशेष प्राथमिकता राख्ने बताइएको छ ।