close

एन्ड्रोइडमा यसरी प्रयोग गर्नुहोस् आईक्लाउड

टेकपाना टेकपाना

माघ २७, २०७६ १२:२२

एन्ड्रोइडमा यसरी प्रयोग गर्नुहोस् आईक्लाउड

एजेन्सी । एप्पलले आईओएसको सिमित घेराबाट प्रयोगकर्तालाई नयाँ अनुभव दिदैँ आएको छ । एन्ड्रोएड प्लेटफर्ममा एप्पलको ‘एप्पल म्युजिक’ एम भन्दा अन्य एप उपलब्ध छैन् । त्यसैले पनि एन्ड्रोइड प्रयोगकर्ताको लागि आईक्लाउड एउटा रोचक विषय हो । त्यसैले यहाँ एन्ड्रोइड प्रयोगकर्ताहरुले एप्पल आईक्लाउड कसरी प्रयोग गर्न सकिन्छ त्यो सिकाउँदै छौं ।

यो सुविधा प्रयोग गर्नका लागि सबैभन्दा पहिले आईक्लाउड डट कम ब्राउज गर्नु पर्छ । त्यहाँ तपाईंलाई नयाँ एकाउण्ट खोल्ने र पुरानो एप्पल आईडी भएमा लगइन गर्ने अप्सन दिएको छ । त्यहाँबाट नयाँ एकाउण्ट बनाउनु होस् । त्यहाँबाट तपाईंले आफ्नो एन्ड्रोएड स्मार्टफोनमा आईक्लाउड एक्सेस पाउन सक्नुहुन्छ ।

यसरी गएपछि प्रयोगकर्ताले आईक्लाउड वेब एप्स, फाटोज, नोट्स, रिमाइण्डरहरु हेर्नसक्नु हुनेछन । यसबाट तपाईले आईक्लाउड अकाउन्ट पनि व्यवस्थापन गर्नसक्नुहुन्छ र कति स्टोरेज बाँकी छ भनेर हेर्न पनि सक्नुहुनेछ ।

यो सुन्दा सजिलो जस्तो लाग्न सक्छ तर यो सजिलो भने छैन ।

यदि तपाईले छनोट गरेको ब्राउजरले आईक्लाउड सपोर्ट गर्‍यो भने आफ्नो एन्ड्रोइड डिभाइसमा पनि तपाईंले आईक्लाउडको फाइदा लिन सक्नुहुनेछ । आफ्नो एन्ड्रोएड डिभाइसमा विभिन्न वेब एपहरु डाउनलोड गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईले गुगल क्रोममा आईक्लाउड डट कम नेभिगेट गर्नुहोस् । ब्राउजरको राइट साइडको टपमा रहेको तीनओटा डटलाई ट्याप गर्नुहोस् र एड टु होम स्क्रिन सेलेक्ट गर्नुहोस् । परिक्षणमा पाइए अनुसार एन्ड्रोएडमा आईक्लाउड केही सुस्त चलेको पाइयो । माथि बताइए जसरी एप्पलको सम्पूर्ण वेब एप्समा भने एक्सेस पाउन मुश्किल छ ।

परिक्षण अनुसार एन्ड्रोएडमा रहेको आईक्लाउडको अकाउन्टमा रिमाइन्डर्सको एक्सेस पाउन सकिएन भने नोट्सहरु पनि प्रयोग गर्न सकिएन । नोट्स एपमा किबोर्ड पपअप हुनुवित्तिकै हराएर जान्छ । रिमाइन्डर्स त अप्सनको रुपमा पनि देखा नै नपर्ने समस्या रेहको छ ।

तर आईक्लाउडबाट फोटोहरु अपलोड, डाउनलोड हुने तथा शेयर हुने काम भने एकदमै राम्ररी गर्न सकिन्छ । एल्बममा फोटो ग्रुपिङ गर्ने काम पनि सम्भव छ । नर्मल क्लाउडमा जस्तै फोटोहरु हाइड र अनहाइड गर्ने काम पनि सजिलै हुने उल्लेख छ ।

यदि तपाई एन्ड्रोइड डिभाइस प्रयोग गर्नुहुन्छ तर एप्पलको आईक्लाउड सर्भिसहरुको सेवा लिन चाहानुहुन्छ भने यो उपाय तपाईको लागि उपयुक्त छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१