close

कोरोना भाइरसका कारण मोबाइल वर्ल्ड कंग्रेस रद्द

टेकपाना टेकपाना

फागुन १, २०७६ १२:३०

कोरोना भाइरसका कारण मोबाइल वर्ल्ड कंग्रेस रद्द

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुचना प्रविधिको क्षेत्रमा देखिएको छ । जसले गर्दा आउँदो फागुन १२ गते देखी १५ गेतसम्म बार्सिलोनामा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस २०२० रद्ध भएको छ ।

कोरोना भाइरसका कारण हालसम्म चीनमा करिव १,३०० मानिसले ज्यान गुमाईसकेका छन् । एक्स्पोका आयोजक जीएसएमएका सिईओ हफम्यानले कोरोना भाइरसको कारणले यो वर्ष आयोजना रद्ध गर्नुपर्ने भएको बताएका छन् । उनले कोरोना भाइरसको कारण धेरै कम्पनीले मेलामा सहभागी नै नहुने भएपछि यस्तो निर्णय लिनु परेको उनले बताए ।

कोरोनाभाइरसको कारण देखाउँदै यसअघि नै अमेजन, सोनी, इन्टेल, एरिक्सन, एलजी, भीभो, र नोकिया जस्ता कम्पनीहरुले यसमा भाग लिन नसकिने बताएका थिए । कसैले आंसिक रुपमा त कसैले पूर्ण रुपमै भाग नलिने भनी आयोजनकलाई यसअघि पत्र पठाएका थिए ।

विश्वका ठुला कम्पनीहरुको नयाँ उत्पादन सार्वजनिक गर्ने थलोको रुपमा परिचित मेलामा दुई सय देशका १ लाख भन्दाबढी डेलिगेशन शामेल हुने बताइएको थियो ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१