close

हामी कोरोनासँग लड्न प्रविधिको विकास गर्दैछौंः मार्क जुकरबर्ग

टेकपाना टेकपाना

फागुन २१, २०७६ १४:५८

हामी कोरोनासँग लड्न प्रविधिको विकास गर्दैछौंः मार्क जुकरबर्ग

बुधबार बिहानै फेसबुकका मालिक मार्क जुकरवर्गले आफ्नो पेजमा एउटा पोष्ट सेयर गरे । विश्व कोरोनाबाट आतंकित भइरहेको बेला सबैभन्दा ठूलो सामाजिक संञ्जाल फेसबुक कोरोनासँग लड्न के गर्दै छ भन्ने विषयमा उक्त पोष्ट केन्द्रीत छ । जुकरवर्गको पोष्टको नेपाली अनुवादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

म कोरोना भाइरसको विषयमा फेसबुकले चालेको कदमको विषयमा जानकारी दिँदैछु । कोरोना भाइरस आज विश्वको चुनौतीको रुपमा उदाएको छ । हामी गत महिनाबाटै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा काम गरिरहेका छौं ।

हाम्रो लक्ष प्रयोगकर्तालाई सही र विश्वसनीय जानकारी दिनु हो । कोरोना पक्कै पनि चुनौतिको विषय हो । तर, हामीले सावधानी अपनाउन सक्ने हो भने कोरोना संक्रमणलाई कम गर्न सक्छौं ।

त्यसैले हामीले फेसबुकमा कोरोनाबारे सर्च गर्ने वित्तिकै प्रयोगकर्तालाई पप–अप नोटिफिकेसनमार्फत विश्व स्वास्थ्य संगठन-डब्ल्यूएचओ अथवा स्थानीय सरकारसँग जोडिरहेका छौं । ता कि प्रयोगकर्ताले पछिल्लो र सही जानकारी पाउन सकून् ।

यदि तपाईं डब्ल्यूएचओले व्यक्ति-व्यक्तिमा जानकारी दिन भनेको देशमा हुनुहुन्छ, भने हामी त्यहाँका प्रयोगकर्ताको न्युज फीडमै यो जानकारी उपलब्ध गराउँछौं ।

त्यससँगै, हामी अहिले डब्लूएचओ, सीडीसी, यूनिसेफ लगायत विभिन्न देशका स्वास्थ्य मन्त्रालय र स्वास्थ्य संगठनसँग काम गरिरहेका छौं । हामीले डब्लूएचओका लागि निःशूल्क रुपमा फेसबुकमार्फत विज्ञापन गर्ने वातावरण बनाएका छौं र आवश्यक अन्य सहायता पनि उपलब्ध गराएका छौं ।

हामी कोरोना भाइरस रोकथामका लागि काम गरिरहेका अन्य संस्थालाई पनि विज्ञापनको लागि क्रेडिट उपलब्ध गराउन तयार छौं । आवश्यकता अनुसार सहयोग उपलब्ध गराउन हामी विश्वका स्वास्थ्य विज्ञसँग पनि काम गरिरहेका छौं ।

साथै कोरोना भाइरसको विषयमा आउने गलत सूचनालाई नियन्त्रण गर्ने काम पनि भइरहेको छ । पक्कै पनि सबैलाई आफ्नो अनुभव सुनाउने अधिकार छ । तर, यसो भन्दैमा गलत र अरुलाई असहज हुने खालका जानकारी पोष्ट गर्नु हाम्रो सामुदायिक नीतिभीत्र पर्दैन ।

त्यसैले यदि गलत जानकारी हालियो र स्वास्थ्य संगठन तथा सरकाले गलत हो भनी जानकारी दिएमा त्यस्ता पोष्ट हटाइनेछ । त्यतिमात्रै नभएर हामी गलत जानकारी फैलाउन विज्ञापन गर्नेलाई सधैंको लागि ब्लक गर्नेछौं । जस्तो, हाम्रो उत्पादनले कोरोनाबाट बचाउँछ भन्दै विज्ञापन गरेको पाइएमा त्यस्ता व्यक्ति र संस्थालाई ब्लक गरिनेछ ।

यसैगरी हामी हाम्रो सेवा प्रयोग गरेर कोरोनाको रोकथाम कसरी गर्न सकिन्छ भनेर पनि अध्ययन गरिरहेका छौं । त्यसका लागि हाम्रो परोपकारी टिम र कम्बोडियाको अनुसन्धानकर्ता गेट्स फाउण्डेसनले काम गरिरहेका छन् । यसको उद्देश्य कोरोना भाइरस लागेका मानिस सहजै पत्ता लागाउन सकियोस् भन्ने हो ।

कोरोनोको सेलको बारेमा पूर्ण जानकारी दिनका लागि च्यान जुकरवर्ग बायोहवले पनि काम गरिहेको छ । जसले कोरोना भाइरस लागेको मानिसको शरीरमा उक्त सेलले पार्ने असरको क्रमिक जानकारी दिनेछ ।

उक्त टिमले भाइरसको कारण फोक्सोमा देखिने परिवर्तनलाई पनि ग्राफमार्फत प्रस्तुत गर्नेछ । यसले स्वास्थ्य संगठनलाई यसको उपचार पद्धतिको विकास गर्न सहयोग पुर्‍याउँछ भन्ने हाम्रो मनसाय हो । 

प्रविधिको प्रयोग गरी कोरोना भाइरससँग लड्न सकिन्छ । जुन कुरा हामीले यसअघि देखा परेका यस्ता घटानाबाट पनि पाठ सिकेका छौं । मान्छेलाई प्रत्यक्ष भेटेरभन्दा पनि इन्टरनेटको प्रयोग गरी जानकारी लिनु एउटा उत्तम उपाय हो ।

त्यसैले यो समयमा सामाजिक सञ्जालको प्रयोग बढी हुन्छ । यस्तोमा हाम्रो सिस्टममा कुनै असर नपरोस भनेर हामीले  सेवालाई अझ प्रभावकारी बनाएका छौं ।

साथै कोरोनासँग लड्न हामी विभिन्न परियोजनामा काम गरिरहेका छौं । जुन कुरा आउँदो केही सातामा शेयर गर्नेछु । अहिलेको लागि कसरी कोरोना भाइरस फैलनबाट कम गर्ने भन्ने नै हो । आज धेरैका लागि सबैभन्दा असहज परिस्थिति छ ।

म कोरोना भाइरस संक्रमित र हाल क्वारेनटाइमा विताइरहेका मानिस, उनीहरुको परिवार र उनीहरुका लागि काम गरिरहेका स्वास्थ्यकर्मीको विषयमा सोचिरहेको छु । यस विषयमा पनि आगामी दिनमा थप जानकारी उपलब्ध गराउने नै छु ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०