close

स्मार्टफोनको विक्रिमा ‘पहिरो’, अहिलेसम्मकै ठूलो गिरावट

टेकपाना टेकपाना

बैशाख २१, २०७७ १४:५६

स्मार्टफोनको विक्रिमा ‘पहिरो’, अहिलेसम्मकै ठूलो गिरावट

एजेन्सी । कोरोना संक्रमणका कारण स्मार्टफोनको बजारमा निकै असर पारेको छ । बजार विश्लेषकका अनुसार बितेका केही महिनामा मोबाइलको यस्तो बजार दशौं लाखको संख्यामा घटेको छ ।

निर्माणकर्ता कम्पनीलाई कति संख्यामा मोबाइल बजारमा पठाएको यकिन जानकारी नभएपनि आइडीसीको चौमासिक फोन ट्रयाकरका अनुसार यस अवधिमा ११.७ प्रतिशतले स्मार्टफोनको व्यापार घटेको छ । यो हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो ।

क्यानालिसको अनुसार यो वर्षको पहिलो चौमासिकमा फोन बजार गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले घटेको छ । यस्तै स्ट्राटेजी एनालिटिक्सको अनुसार यो संख्या १७ प्रतिशतले घटेको छ ।

स्ट्राटेजी एनालिटिक्सका कार्यकारी निर्देशक नेल माउस्टोनको अनुसार सामसङको बजार २१ प्रतिशतभन्दा माथि तटस्थ छ । यो अहिले विश्कै टप स्मार्टफोन ब्राण्ड हो । अन्य ठूला स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुको बिक्रीमा भने ठूलो धक्का लागेको छ ।

विश्लेषकहरुका अनुसार साओमी र भिभोको व्यापारमा सुस्तता आएको छ । यसअघि भारतमा यी दुवै मुलुकले राम्रो प्रदर्शन गरिरहेका थिए । विश्लेषकहरुका अनुसार धेरै जसो कम्पनीहरुले कोरोना भाइरसको असर दोस्रो चौमासिकमा पनि देख्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३