close

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, बैंकको एपमा थपिए नयाँ सुविधा

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १८:४

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, बैंकको एपमा थपिए  नयाँ सुविधा

काठमाडौं । एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप ईबीएलटच ट्वान्टीफोरमा नयाँ सुविधा थपिएका छन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । यो मोबाइल एपमा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ भने बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको छ ।

ग्राहकहरुले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिदुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सक्छन् ।

यसै गरी ग्राहकहरुको सहजता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रिकग्निशनबाट पनि सहजै कारोबार गर्न सकिन्छ । हाल एभरेष्ट बैंकका ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी छ । एभरेष्ट सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत बैंक हो ।

बैंकले हालसालै सीएएमईएल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरु मध्ये सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको छ । हालसम्म बैंकका ९५ शाखा, ३१ राजस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन् ।

आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले दक्ष बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट नेपालका ठस्ला आईटी कम्पनी मध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको यो कम्पनीले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था ई–सेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान भुक्तानी सेवाप्रदायक हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१