close

अनलाइनबाटै नविल बैंकमा खाता खोल्न सकिने, यस्तो छ प्रक्रिया

टेकपाना टेकपाना

जेठ २५, २०७७ १७:२६

अनलाइनबाटै नविल बैंकमा खाता  खोल्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । नविल बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सुविधा सुरु गरेको छ । कारोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै बैंकले अनलाइनमार्फत खाता खोल्न सकिने व्यवस्था मिलाएको हो ।

त्यसका लागि बैंकले ‘नविल जेन–एन (जेनरेशन एन) अकाउन्ट’ नामक खाताको सुरुवात गरेको छ । युवा पुस्तालाई लक्षित गर्दै सुरु गरिएको यो खाता अनलाइनबाटै खोल्न सकिने छ ।

‘यो आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज सहितको सुविधा सम्पन्न बचत खाता हो,’ बैंकले विज्ञप्तिमा भनेको छ, यसमा मोबाइल बैंकिङ सेवा, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट तथा क्रेडिट कार्ड सहित टेलिकम र एनसेलमा दुई जीबी डेटा प्याकेज समेत निःशूल्क प्रदान गरिने छ ।’

‘नविल जेनेरेशन अकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलेर लाभ लिन सक्नेछन् । यो योजनाले डिजिटल बैंकिङमा नयाँ यूगको सुरुवात गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।

यहाँ क्लिक गरी आवश्यक विवरण भरेर तपाईं पनि सहजै नविल जेनेरेसन अकाउन्ट खाेल्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०