close

ईसेवामा ५०० को रिचार्ज जित्न सकिने, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

जेठ २५, २०७७ १३:३२

ईसेवामा ५०० को रिचार्ज जित्न सकिने, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ईसेवाले ५०० रुपैयाँको रिचार्ज जित्ने अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रतियोगतीतामा सहभागी हुने मध्ये ४० जना भाग्यशाली प्रयोगकर्तालाई ५०० रुपैयाँको मोबाइल रिचार्ज उपलब्ध गराउनेछ ।

अफरमा सहभागी हुन केवल ११ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस अघि पोखरा भ्रमण, माउण्टेन फ्लाइट, आईफोन उपहार जस्ता अफर राखेको कम्पनीले लकडाउनका कारण रिचार्ज अफर ल्याएको हो ।

यो अफरमा सहभागी हुने प्रयोगकर्ताले रिचार्ज जित्न नसकेको खण्डमा आफूले तिरेको ११ रुपैयाँ फिर्ता पाउनेछन् । अनलाइन कारोबारमा इंगेजमेन्ट बढाउने उद्देश्यका साथ यो अफर सुरु गरिएको ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

सहभागी कसरी हुने ?

सोमबार १२ बजेदेखि जेठ ३२ गते राती १२ बजेसम्मको अवधि बीचमा यो अफरमा सहभागी हुन सकिनेछ । अफर अवधिभर ईसेवाको वेब पेज तथा मोबाइल एपमा पपुलर सर्भिस लिस्टमा यो अफर प्रडक्टको रुपमा देख्न सकिन्छ ।

उक्त प्रडक्ट भित्र ११ रुपैयाँमा ५०० को टपअप नामक प्रडक्ट छनौट गरी आफूले रिचार्ज गर्न चाहेको नम्बर राख्नुहोस् र भुक्तानी प्रकृया पुरा गर्नुहोस् । यति भएपछि तपाईंको ईसेवा खाताबाट ११ रुपैयाँ काटिनेछ ।

यसरी सहभागी हुनेहरुमध्ये असार २ गते ४० जना भाग्यशाली विजेता घोषणा हुने हुनेछन् । उनीहरुले राखेको मोबाइल नम्बरमा ५०० रुपैयाँको रिचार्ज प्राप्त हुनेछ। बाँकी रिचार्ज जित्न नसक्ने प्रयोगकर्ताहरुले भने त्यसको भोलिपल्ट आफ्नो ईसेवा अकाउण्टमै काटिएको ११ रुपैयाँ फिर्ता पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०