close

आईफोन प्रयोगकर्ताले जान्नैपर्ने एक्सेसिबिलिटी फिचर

टेकपाना टेकपाना

जेठ ३२, २०७७ २०:०

आईफोन प्रयोगकर्ताले जान्नैपर्ने एक्सेसिबिलिटी फिचर

काठमाडौं । के तपाईं आईफोन प्रयोग गर्नुहुन्छ ? त्यसो हो भने तपाईंलाई थाहा हुनुपर्छ, आईफोनमा धेरै उपयोगी सेटिङ हुन्छन् । जसले एक्सेसिबिलिटी टूलको भूमिका निभाउँछन् । 

यस्ता टूल फोनको उत्पादकत्व र पर्फमेन्सका हिसावले समेत उपयोगी हुन्छ । आज हामी तपाईंलाई आईफोनका दुई यस्ता फिचरका बारेमा बताउँदै छौं, जसले तपाईंको आईफोनलाई छिटो र छरितो बनाउन सहयोग गर्दछ । ती दुई फिचरहरु मेग्निफिकेसन  भ्वाइस कन्ट्रोल हुन् । 

मेग्निफिकेसन एउटा उपयोगी फिचर हो । जसबाट आईफोनको क्यामेराले जे देख्न सक्छ, त्यसलाई मेग्निफिकेसनको मद्दतबाट तपाईंले अझ नजिकबाट हेर्न सक्नुहुन्छ । यस्तै यसको भ्वाइस कन्ट्रोल फिचरबाट तपाईंले आफ्नो आईफोन र आईप्याडलाई आवाजबाटै नियन्त्रण समेत गर्न सक्नुहुन्छ ।

आईफोनलाई यसरी बनाउनुहोस् मेग्निफाइड चस्मा

मेग्निफायर सेटिङले तपाईंको आईफोनलाई मेग्निफायर ग्लास अर्थात चस्मा बनाउन सक्छ । आईफोनमा यो सेटिङ मिलाउन निम्न प्रक्रिया अपनाउनुहोस् ।

  • यो सेटिङका लागि सबैभन्दा पहिले मोबाइलको सेटिङमा गएर एक्सेसिबिलिटीमा प्रवेश गर्नुहोस् र मेग्निफायरमा जानुहोस् ।
  • मेग्निफायरमा टोगल अन गर्नुहोस् । 
  • अब मेग्निफाइ क्यामेरा खोल्न होम बटनलाई तीनपटक थिच्नुहोस् । स्लाइडर प्रयोग गरेर तपाईंले जूम ईन र जूम आउट गर्दै सटर बटन थिचेर फोटो लिन सक्नुहुन्छ ।

जूम ईन फोटोको गुणस्तर फोन अनुसार फरक फरक हुन्छ । यदि तपाईंले जूम गरेको तस्वीरमा धेरै ब्राइटनेस देखियो भने मेग्निफायरको मेनुमा रहको ‘अटो एडजस्ट एक्सपोजर’ अप्सन अन गरेर त्यसको चमकलाई घटाउन सक्नुहुन्छ । 

भ्वाइस कन्ट्रोललाई मिलाउन यसो गर्नुहोस् 

  • फोनको सेटिङमा जानुहोस् र एक्सेसिबिलिटी हुँदै भ्वाइस कन्ट्रोलमा पुग्नुहोस् ।
  • त्यसपछि सेटअप भ्वाइस कन्ट्रोललाई ट्याप गरी फेरी कन्टिन्युमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले सिरीको कमाण्ड सूची देख्न सक्नुहुन्छ । यसलाई डिभाइस कन्ट्रोलको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । 
  • अब इन्स्ट्रक्सनलाई बन्द गर्न ‘डन’ मा ट्याप गर्नुहोस् ।
  • भ्वाइस कन्ट्रोलमा टोगल अन गरेर फिचर एक्टिभेट गर्नुहोस् ।
  • यसरी सेटिङ मिलाइसकेपछि इन्सट्रक्सन गाइडको सूचीमा रहेका जनसुकै कमाण्डलाई प्रयोग गर्न सक्नुहुन्छ । 

यसैगरी तपाईंले कमाण्ड, अनस्क्रीन फिडब्याक र इन्टरफेस सिस्टमलाई आफ्नो इच्छाअनुसार सेटअप समेत गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यहाँबाट एक्सेसिबिलिटी हुँदै भ्वाइस कन्ट्रोलमा प्रवेश गर्नुहोस् । अब तपाईंले निम्न अप्सनहरु पाउन सक्नुहुन्छ ।

  • भाषा: सिरीलाई नियन्त्रण गर्न आफूले इच्छाएको भाषा छनौट गर्नुहोस् ।
  • कस्टमाइज कमाण्ड: यसबाट नयाँ भ्वाइस कमाण्ड बनाउने र सम्पादन गर्ने जस्ता काम गर्नुहोस् ।
  • भोक्याबलरी: कमाण्ड दिनका लागि तपाईंले सिरीलाई नयाँ शब्द पनि सिकाउन सक्नुहुन्छ ।
  • कन्फर्मेसन देखाउने: सिरीको भिजुअल फिडब्याक लिन सक्ने गरी कमाण्डलाई टर्न अन गर्नुहोस् ।
  • प्ले साउण्ड: सिरीले तपाईंको कमाण्ड सुन्न सक्नेगरी अडियो कन्फर्मेसनलाई इनेबल गर्नुहोस् ।
  • हिन्ट देखाउनुहोस्: सिरीलाई कसरी प्रयोग गर्नुहुन्छ, त्यसको आधारमा रियल टाइम टिप्स दिनुहोस् र कमाण्ड प्रयोग गर्न सिकाउनुहोस् ।
  • ओभरले: प्रत्येक अन स्क्रीन विषयवस्तुलाई नम्बर भ्याल्यू दिन ओभरले टर्न अन गर्नुहोस् । त्यसपछि तपाईंले आफ्नो इच्छाअनुसार स्क्रीनको भाग र विशेष बटनहरुलाई भ्वाइस कमाण्डको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०