काठमाडौं । निजी विद्यालयहरुले साउन १ गतेबाट हाल सञ्चालनमा रहेका अनलाइन कक्षा बन्द गर्ने भएका छन् । एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसबार जानकारी दिएका हुन् ।
‘साउन १ गतेबाट अनलाइन कक्षा बन्द हुनेछन्,’ उक्त विज्ञप्तिमा लेखिएको छ, ‘आर्थिक समस्याका कारणले शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिन नसकिएको हो । यस्तो अवस्थामा शिक्षकलाई भने बेतलबी घर बिदामा राखिनेछ ।’
शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।