close

सकियो ह्वावेको तीन दिने सम्मेलन

टेकपाना टेकपाना

साउन १५, २०७७ १४:३२

सकियो ह्वावेको तीन दिने सम्मेलन

काठमाडौं । महामारीसँग कसरी जुध्ने र महामारीपछि आर्थिक गतिविधि बढाउन सूचना प्रविधि क्षेत्रले कसरी भूमिका खेल्छ भन्ने बिषयमा केन्द्रित तीन दिन लामो अन्तर्राष्ट्रिय सम्मेलन वेटर वर्ल्ड समिट सकिएको छ ।

अनलाइनमार्फत हुवावेले आयोजना गरेको सम्मेलन विश्वभरका विश्लेषक, सञ्चार माध्यम र सरकारी अधिकारी लक्षित थियो । यो सम्मेलन कोभिड–१९ को महामारीसंग कसरी अझ प्रभावकारिताका साथ लड्न सकिन्छ र महामारी पश्चात आर्थिक सुधार कसरी बढाउन सकिन्छ भनेर अन्वेषण गर्ने हिसाबले डिजाइन गरिएको ह्वावेले जनाएको छ ।

दूरसञ्चार सेवा प्रदायक, नियामकहरु, विश्लेषकहरू, मिडिया र विश्वभरका साझेदारहरुको साथ ह्वावेले जुलाई २७–२९ को अवधीमा आईसीटीले कसरी बृहत क्षेत्रमा नयाँ अवसर प्रदान गर्दैछ भन्ने बिषयमा छलफल गरिएको थियो । सम्मेलनमा नेपालबाट ५० जना सहभागी थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०