काठमाडौं । एप्पलको उत्पादन आईफोन १२ सार्वजनिक हुने मिति सरेको छ । यसअघि सेक्टेम्बरमा आउने भनिएको उक्त फोन सार्वजनिक हुन थप समय लाग्ने कम्पनीले जनाएको छ ।
‘अघिल्लो वर्ष हामीले आईफोन ११ सेप्टेम्बरमा बजारमा उपलब्ध गराएका थियौं,’ एप्पलका प्रमुख फाइनाइन्सियल अफिसर लुका मास्टर्सले भने, ‘आईफोन १२ सार्वजनिक हुन भने थप केही हप्ता लाग्ने छ ।’
यसको अर्थ आईफोन १२ सेक्टेम्बरमा सार्वजनिक हुने छैन । उनको भनाईलाई आधार मान्ने हो भने आईफोन १२ अक्टोबरको मध्यतिरमात्रै सार्वजनिक हुनेछ ।
http://45.32.118.189/2020/26803/
कोरोना भाइरसका कारण उत्पादनमा समय लागेको भन्दै कम्पनीले केही समय ढिलो गरी सार्वजनिक हुने भएको हो । आईफोन १२ फाईभजी स्मार्टफोन हो ।