close

भिषा कार्डमार्फत दराजको अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत छूट

टेकपाना टेकपाना

भदौ २, २०७७ २०:३५

भिषा कार्डमार्फत दराजको अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत छूट

काठमाडौं । नेपालकै ठूलो ईकमर्स प्लेटफर्म दराजले डिजिटल पेमेन्ट कम्पनी भिषासँग सहकार्य सुरु गरेको छ । यससँगै अब दराजबाट सामान अर्डर गर्दा भिषा कार्डबाटै भुक्तानी गर्न सकिने भएको छ ।

नयाँ सहकार्य सुरु भएसँगै दराजले भिषा कार्ड प्रयोगकर्ताले हरेक भुक्तानीमा १५ प्रतिशत छूट पाउने भएका छन् । तर यो छूट आउँदो भदौं १६ गतेसम्म मात्र कायम रहने दजारले जनाएको छ ।

दराजमा हाल इलेक्ट्रोनिक्स, ग्रोसरी, फेसन लगायतका करिब चार लाख ५० हजार उत्पादनहरु उपल्ध छन् । पाँच हजारभन्दा बढी बिक्रेताले उपलब्ध गराइरहेका यी सबै सामान खरिद गर्दा यो छूट लिन सकिनेछ ।

यो योजना अन्तर्गत दराजका प्रयोगकर्ताले भिषामार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम पाँच सय रुपैयाँसम्मको छूट पाउनेछन् । यस्तो छूट एक पटकमात्र प्राप्त गर्न सकिने भन्दै दराजले त्यसका लागि नेपालमा जारी भएका भिषाका क्रेडिट, डेबिट र प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ ।

‘नेपालमा अनलाइन कार्ड भुक्तानीको ईकोसिस्टम विकास गर्दै आगाडि बढाउन संयुक्त प्रयास जरुरी छ । त्यसैले नै भिषासँग हामीले सहकार्य थालेका हौं । यसबाट हामी हाम्रा ग्राहकहरुलाई थप सुविधा र सुरक्षा दिन चाहन्छौं,’ दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङले भने ।

त्यस्तै भिषाका लागि मर्चेन्ट सेल्स तथा अक्वायरिङ र साइबरसोर्सका प्रमुख शैलेश पउलले वर्तमान समयमा डिजिटल डिजिटल पेमेन्ट तथा अनलाइन शपिङ झनै महत्वपूर्ण बनेको बताए ।

उनले भने, ‘अहिलेको समयमा सामाजिक दुरी र कम सम्पर्कमा जोड दिनुपर्ने आवश्यकता छ । सुरक्षित माध्यमको रुपमा दराजका बिक्रेताहरुका लागि हामी साझेदार बन्न पाउँदा एकदमै हर्षित छौं ।’

सहकार्यसँगै दराज र भिषाले संयुक्त रुपमा आधिकारिक, सुरक्षित र व्यवधानरहीत अनलाइन शपिङको अनुभवको कामना व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०