close

इन्टरनेट स्पीडमा नयाँ विश्व रेकर्ड, नेटफ्लिक्सका सबै भिडियो १ सेकेन्डमै डाउनलोड गर्न सकिने !

टेकपाना टेकपाना

भदौ ८, २०७७ १६:४

इन्टरनेट स्पीडमा नयाँ विश्व रेकर्ड, नेटफ्लिक्सका सबै भिडियो १ सेकेन्डमै डाउनलोड गर्न सकिने !

अहिलेसम्मकै फास्ट इन्टरनेट, के तपाईंलाई थाहा छ, संसारकै सबैभन्दा फास्ट इन्टरनेटको स्पीड कति छ ? छैन भने पनि छोडिदिनुहोस् । आज हामी तपाईंलाई अपत्यारिलो र आश्चर्यचकित तुल्याउने खोजको समाचार दिँदै छौै ।

युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का शोधकर्ताले संसारकै सबैभन्दा फास्ट १७८ टेराबाइट प्रति सेकेन्ड (टीबीपीएस) स्पीडको इन्टरनेटको नयाँ विश्व रेकर्ड बनाएका छन् । यो कति फास्ट हो भन्ने कुरा अन्दाज गर्न समेत एकछिन लेखाजोखा नै गर्नुपर्ने हुन्छ ।

१७८ टीबीपीएस स्पीडलाई साधारण भाषामा बुझ्ने हो भने एक लाख ७८ हजार जीबीपीएसको स्पीड । यानी कि एउटा एचडी फिल्म एक जीबीको छ भने त्यस्ता एक लाख ७८ हजार फिल्म तपाईं एक सेकेण्डमै डाउनलोड गर्न सक्नुहुन्छ ।

युनिभर्सिटी कलेज अफ लण्डनका शोधकर्ताहरुबाट भएको यो परियोजना डा लिडिया गाल्डिनोले सञ्चालन गरेका थिए । यस अघि अस्ट्रेलियाको नाममा सबैभन्दा फास्ट इन्टरनेट स्पीडको रेकर्ड रहेको थियो ।

त्यसताका संसारको सबैभन्दा फास्ट इन्टरनेट स्पीड ४४.२ टीबीपीएस कायम हुन पुगेको थियो । यसको अर्थ यस अघिको सबैभन्दा फास्ट इन्टरनेटको तुलनामा यो नयाँ इन्टरनेट स्पीड चार गुणा फास्छ छ ।

अब यहाँनिर सोच्नुहोस् त, १७८ टीबीपीएसको सफ्तारमा तपाईं के के गर्न सक्नुहुन्छ ? सजिलै भाषामा बुझ्ने हो भने यो सुपरफास्ट इन्टरनेट स्पीडको सहयोगमा तपाईं नेटफ्लिक्समा भएका सबै भिडियो कन्टेन्ट एक सेकेण्डमै डाउनलोड गर्न सक्नुहुन्छ ।

यो हाई स्पीड इन्टरनेटका लागि यूसीएलका सोधकर्ताहरुले स्ट्याण्डर्ड अप्टिक फाइबरको साटो हाई रेञ्ज वेबलेन्थको प्रयोग गरेका थिए । जसमा एम्प्लिफाइ गरिसकेपछि सिग्नल बूस्ट गर्नका लागि नयाँ एम्प्लिफाइड विधिको प्रयोग गरिएको थियो ।

हालको मौजुदा समयमा इन्टरनेटका लागि ४.५ टीएचजेड ब्याण्डविथ उपयोग हुने गरेको छ । यद्यपी बजारमा ९ टीएचजेड को व्यावसायिक ब्याण्डविथ समेत उपलब्ध हुन थालेको छ ।

तर १८९ टीबीपीएस गतिको सुपरफास्ट इन्टरनेट स्पीडका लागि १६.८ टीएचजेड ब्याण्डविथ प्रयोग भएको छ । अब तपाईंले यो परियोजना निकै महंगो हुने सोचिरहनुभएको हुनसक्छ । यूसीएलका अनुसार यो नयाँ एम्प्लिफायरमा अपग्रेड गर्न फाइबर अप्टिक केबलमा मात्रै खर्च लागेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३