close

चिप निर्माता क्वालकमलाई कारबाही गर्न कार निर्माता कम्पनीहरुको माग

टेकपाना टेकपाना

भदौ ९, २०७७ २१:२१

चिप निर्माता क्वालकमलाई कारबाही गर्न कार निर्माता कम्पनीहरुको माग

काठमाडौं । कार निर्माता र प्रविधि कम्पनीहरुले चिप निर्माता कम्पनी क्वालकमलाई कारबाही गर्न माग गरेका छन् । क्वालकमले गरिरहेको व्यापार अभ्यासका कारण बजारमा प्रतिस्पर्धा हुन नसक्ने भन्दै उनीहरुले अमेरिकी निकाय समक्ष निवेदन दिएका हुन् ।

कार निर्माता टेस्ला, फोर्ड, होन्डा, डेम्लेर, इन्टेलजस्ता कम्पनीले संयुक्त रुपमा अमेरिकाको फेडेरल ट्रेड कमिसनमा निवेदन दिएका हुन् । उनीहरुले क्वालकमको गलत व्यापार अभ्यासको पक्षमा अमेरिकी अदालतले पनि साथ दिएकाले यसविरुद्ध कदम चाल्न माग गरिएको छ ।

विश्वको सबैभन्दा ठूलो चिप निर्माता क्वालकमले मोबाइल कम्पनी र कार निर्माताहरुलाई चिप बिक्री गर्दा आफ्नो प्याटेन्ट राइटको सर्त मान्न दबाब दिने गरेको छ । आफूले चिप किन्दा पनि क्वालकमको चिपमा उसकै प्याटेन्ट राइट हुने भए पनि यसले क्वालकमको आधिपत्य जमाउने भन्दै उनीहरुले यस्तो अपिल गरेका हुन् ।

क्वालकमको यस्तो अभ्यास विरुद्ध सन् २०१७ मा अमेरिकी फेडेरल ट्रेड कमिसनले मुदा दायर गरेको थियो । यो मुद्दाको सुनुवाई गर्दै अमेरिकी अदालतले सन् २०१९ मा क्वालकमलाई यो अभ्यास परिवर्तन गर्न निर्णय सुनाएको भए पनि लगत्तै अर्को अदालतले अघिल्लो निर्णय उल्ट्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३