close

आईफोन इलाभेन बन्यो विश्वमै सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन

टेकपाना टेकपाना

भदौ १७, २०७७ १४:८

आईफोन इलाभेन बन्यो विश्वमै सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन

काठमाडौं । आईफोन १२ सिरिजका स्मार्टफोन सार्वजनिक हुने तयारीमा रहेका छन् । आईफोन १२ सिरिजकै चर्चाबीच एप्पलका लागि अर्को खुशीको कुरा सार्वजनिक भएको छ ।

रिसर्च कम्पनी ओमडियाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार एप्प्लको आईफोन इलाभेन सन् २०२० को पहिलो ६ महिनामा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बनेको छ । साथै यो फोनलाई उक्त प्रतिवेदनले सन् २०२० को सबैभन्दा लोकप्रिय स्मार्टफोनको रुपमा पनि प्रस्तुत गरेको छ ।

प्रतिवेदनअनुसार सन् २०२० को पहिलो छ महिनामा ३ करोड ७७ लाख थान आईफोन इलाभेन बिक्री भएका छन् ।

जुन अघिल्लो वर्षको आईफोन् एक्सआरको बिक्रीको तुलनामा एक करोड ८० लाख बढी हो । गत वर्ष पनि यस अवधिमा आईफोन एक्सआर सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बनेको थियो । कोरोनाका बावजूद आईफोन इलाभेन को व्यापारमा भने कुनै असर परेको देखिएको छैन ।

यस किसिमको सफलताका पछाडि आईफोनमा उपलब्ध फीचरलाई मुख्य कारणको रुपमा लिइएको छ । कम्पनीले थुप्रै नयाँ फीचरका साथै तुलानात्मक रुपमा सस्तो मूल्यमा यो फोन सार्वजनिक गरेको थियो ।

यसका साथै यो सूचीको पाँचौ नम्बरमा पनि आईफोनकै उत्पादन परेको छ । सन् २०२० को पहिलो ६ महिनामा सबैभन्दा बढी बिक्री हुने पाँचौ मोबाइलमा आईफोन एसई (२०२०) रहेको छ ।

सबैभन्दा बढी बिक्री हुने सूचिको दोस्रो नम्बरमा सामसङ ए ५१ रहेको छ भने तेस्रो र चौथोमा क्रमशः साओमीको रेड्मी नोट ८ र रेड्मी नोट ८ प्रो रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०