close

नेपाललाई रणनीतिक बजार बनाउँदै भिभो, बजार हिस्सा १२.३ प्रतिशत !

टेकपाना टेकपाना

भदौ १७, २०७७ १८:१५

नेपाललाई रणनीतिक बजार बनाउँदै भिभो, बजार हिस्सा १२.३ प्रतिशत !

काठमाडौं । मोबाइल ब्राण्ड भिभो नेपाल भित्रिएको तीन वर्ष पुरा भएको छ । यस अवधिमा कम्पनीले टप नोच रेञ्जमा स्मार्टफोनहरु उपलब्ध गराउँदै आएको छ । भिभोका यी प्रडक्टहरुले नेपालका युवा पुस्ताहरुबाट उत्साहजनक प्रतिक्रिया पनि बटुलिरहेका छन् ।

नेपालका ४२ लाख ८५ हजार मोबाइल प्रयोगकर्तामध्ये धेरै प्रयोगकर्ताहरु पावर प्याकेज भएको स्टाइल र इनोभेसनले भरिपूर्ण स्मार्टफोनहरु मन पराउँछन् । विश्वको उदीयमान ब्राण्डको रुपमा रहेको भिभोले युवाहरुमाथि केन्द्रीत भएर आफ्ना स्मार्ट ग्याजेटमा पछिल्लो प्रविधि र इनोभेटिभ फीचरहरु पस्किने गरेको छ ।

भिभोले नेपालमा सार्वजनिक गरेका तीन वटै सिरिज भी, एस र वाई हेर्दा भिभोले सधैं प्रयोगकर्ता केन्द्रीत अन्वेषणमा विश्वास गर्ने गरेको देखिन्छ । भीभोको भी सीरिजका स्मार्टफोन कटिङ एज फोटोग्राफी र स्मूथ पर्फमेन्सका लागि प्रख्यात छन् ।

सन् २०१९ को मार्च र सेप्टेम्बरमा सार्वजनिक भएका फोनहरु भी १५ प्रो र भी १७ प्रोले आफ्नो एआई क्यामेरा, बलियो ब्याट्री तथा बलियो पर्फमेन्सका लागि एकदमै उत्साहजनक प्रतिक्रिया बटुलेका थिए । 

यस्तै जुलाई २०२० मा सार्वजनिक भएको भी १९ पनि दमदार फोनको रुपमा रह्यो । यसमा सुपर नाइट सेल्फी, औरा स्क्रीन लाइट र डुअल फ्रन्ट क्यामेरा, एआई भिडियो एडिटरसँगै सुपर वाइड एंगल क्यामेरा रहेका छन् । 

युवा फेसनेबल प्रयोगकर्ताहरुमाझ रुचाइने थ्रीडी कर्भ कर्भ डिजाइन यसमा छ । यस्तै मार्च २०१८ मा सार्वजनिक भएको भी १७, भी १५ र भी नाइन पनि एकदमै सफल मोडल हुन् । यी फोनहरु शक्तिशाली प्रोसेसर र इनोभेटिभ प्रविधिका लागि लोकप्रिय बनेका थिए । 

यस्तै वाई सिरिजको कुरा गर्दा जुन २०१९ मा सार्वजनिक भएको वाई ९० पनि एउटा सफल फोनकाे रुपमा रह्यो । बजेट मूल्य अन्तर्गतको यो फोनभित्र वाटर ड्रप स्टाइल नोच, ६.२२ इन्चको एचडी प्लस डिस्प्ले र हेलियो ए २२ चिप पाउन सकिन्छ । वाई सिरिज फोनहरु बजेटअन्तर्गत पर्याप्त फीचर भएका फोनहरुको सूचीमा रहने गरेका छन् । 

यस्तै एस सिरिजको कुरा गर्दा एस वान र एस वान प्रो फोनहरु सबै उच्चतम् सफल फोनको रुपमा रहे । यी फोनहरु जुलाई र डिसेम्बर २०१९ मा सार्वजनिक भएका थिए । भिभो एस वान स्टाइलले भरिपूर्ण आइकोनिक लुक्स र पर्फमेन्स भएको फोन हो । यसमा रहेको रियर ट्रिपल क्यामेरा, स्लिक डिजाइन र बलियो पर्फमेन्स प्रयोगकर्ताहरुले खूब मन पराएका थिए । 

स्थानीयकरण र अन्वेषणलाई मूख्य लक्ष्य बनाएको भिभोले नेपाललाई एउटा रणनीतिकरुप महत्वको बजार मान्ने गरेको छ । त्यसैले नै भिभो नेपाली बजारमा आफ्नो उपस्थितिलाई बढाउन चाहन्छ । 

नेपालको ६० प्रतिशत मोबाइल बजारमा आफ्नो ब्राण्डको झण्डा लहराउने भिभोको उद्देश्य छ । २०२० को पहिलो त्रैमासिकमा ग्लोबल मोबाइल ट्र्याकरको रिपोर्ट अनुसार नेपाली बजारको १२.३ प्रतिशत हिस्सा भिभोले ओगेटिरहेको छ । 

भिभोका स्मार्टफोनहरु अहिले देशभर छरिएका १२ भन्दा धेरै खुद्रा स्टोरहरुमा उपलब्ध छन् । बजारमा सुलभ मूल्यमा फोन उपलब्ध हुन थालेपछि अहिले स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या ७.६ प्रतिशतले बढेको छ । नेपालमा स्मार्टफोन पेनिट्रेसन प्रत्येक वर्ष १० प्रतिशतले बढिरहेको छ । तर बजार स्याचुरेटेड हुँदै गइरहेको अवस्थामा यो संख्या अब पाँच प्रतिशतमा झर्ने देखिन्छ । 

फाइभजी फ्युचरका लागि गियर अप 

लिडिङ ग्लोबल टेक्नोलोजी कम्पनीको छवी बनाएको भिभो टेलिकम्युनिकेसन टेक्नोलोजी इभोलुसन र स्ट्याण्डराइजेसनको समेत महत्वपूर्ण हिस्साको रुपमा रहेको छ । २०२० को मे महिनासम्म भिभोले दुई हजारभन्दा धेरै फाइभजी इन्भेन्सन प्याटेन्टका लागि आवेदन दिइसकेको छ ।

साथै दूरसञ्चारको मापदण्ड विकास गर्ने संगठनहरुमा तेस्रो पुस्ताको पार्टनरसिप प्रोजेक्ट थ्री जीपीपीका लागि ३८ सय भन्दा धेरै प्रस्तावहरु पेश गरिसकेको छ । थ्रीजीपीपीको लागि भिभो दश प्रभावशाली ब्राण्डमध्ये एक हो । 

सञ्चार उद्योगको नेतृत्वदायी कम्पनी भिभो मोबाइल टर्मिनल कम्पनीहरुमध्ये एक हो, जो फाइभजी प्रविधि रिसर्च एण्ड डेभलपमेन्ट तथा स्ट्याण्डराइजेसनतर्फ अग्रसर छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०