close

जेडटीई एक्सअन २० बन्यो पहिलो अन्डर–डिस्प्ले सेल्फी क्यामेरा सहितको फोन

टेकपाना टेकपाना

भदौ १८, २०७७ १२:२

जेडटीई एक्सअन २० बन्यो पहिलो अन्डर–डिस्प्ले सेल्फी क्यामेरा सहितको फोन

काठमाडौं । लामो परीक्षणपछि जेडटीई विश्वकै पहिलो अन्डर–डिस्प्ले सेल्फी क्यामेरा सहितको स्मार्टफोन सार्वजनिक गर्न सफल भएको छ । योसँगै जेडटीईको एक्सअन २० फाइभजी व्यवसायिक रुपमा बजारमा उपलब्ध हुने पहिलो अन्डर–डिस्प्ले सेल्फी क्यामेरा भएको पहिलो स्मार्टफोन बनेको छ ।

मिडरेन्ज स्मार्टफोनको रुपमा सार्वजनिक भएको उक्त फोनमा ३२ मेगा पिक्सेलको अन्डर–डिस्प्ले सेल्फी क्यामेरा प्रयोगमा ल्याइएको छ । अन्डर डिस्प्ले क्यामेरालाई एउटा चुनौतीको रुपमा हेरिएको भएता पनि जेडटिईले भने यो सफलता हात पार्न सफल भएको हो ।

कम्पनीका अनुसार उक्त क्यामेरा डिस्प्लेमा उच्च क्षमताको ट्रान्सप्यारेन्स स्क्रीन प्रयोगमा ल्याइएको छ । साथै उच्च गुणस्तरको फोटोका लागि विभिन्न सफ्टवेयरको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

एक्सअन २० फाइभजीमा स्न्यापड्रागन ७६५ जी प्रोसेसर प्रयोग गरिएको छ । फाइभजी कनेक्टीभिटी सर्पोट गर्ने फोनमा ६.९२ इन्च डिस्प्ले प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलकै म्याक्रो सेन्सर प्रयोग गरिएको छ । ४२२० एमएएच क्षमताकाे ब्याट्री रहने याे फाेन एन्ड्राेइड टेनमा उपलब्ध छ ।

कति छ मूल्य

याे फाेन तीन भेरियन्ट स्टाेरेजमा उपलब्ध छ । यसअन्तर्गत ६/६४ जीबी भेरियन्टकाे चिनियाँ युआन २१९८ अर्थात् ३७,८७० रूपैयाँ, ८/१२८ जीबी भेरियन्टकाे चिनियाँ युआन २४९८ अर्थात् ४३,०४० रूपैयाँ र १२/२५६ जीबी भेरियन्टकाे चिनियाँ युआन २७९८ अर्थात् ४८,२२० रूपैयाँ रहेकाे छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०