काठमाडाैं । एनआइसी एसिया बैंकको चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने भएको छ। यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटरमार्फत बैंकको चेक आफूले चाहेको खातामा जम्मा गर्नसक्ने भएका हुन्।
बैंकको याे लिंकमा गएर चेक जम्मा गर्न सकिन्छ। लिंकभित्र सेवाग्राहीका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ।
आफूलाई पायक पर्ने शाखाबाट आवश्यक विवरणहरु भरिसकेपछि बैंकले एसएमएसमार्फत डिपोजिट कोड पठाउँछ।
कोडका साथ सिधै बैंकको शाखामा गएर भौचरबिना नै काउण्टरमार्फत चेक जम्मा गर्न सकिन्छ । चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा गएर आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझिन्छ।
यसपछि बैंकका कर्मचारीले चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई दिन्छ।
यो सुविधाले लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ। बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाइन प्रणालीबाट भर्ने प्रणाली ल्याएको बताएको छ।
साथै ‘डिजिटल एकाउन्ट ओपनिङ प्रणालीको सुरु गरिएको छ। जसमा शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न सकिन्छ।