काठमाडौं । सामाजिक सञ्जालको वेबसाइट र एपमा कतिपय समय यस्ता फोटो र भिडियो फेला पर्छन्, जसलाई डाउनलोड गरेर राखौं वा प्रयोग गरौं झैं हुन्छ । तर डाउनलोड गर्ने सही तरिका थाहा नहुँदा अलमल परिरहेको हुन्छ ।
यस किसिमको दुविधाको अन्त्य गर्न आज हामी तपाईंलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामबाट फोटो र भिडियो डाउनलोड गर्ने सजिलो तरिका बताउँदै छौं । जसमा तपाईंलाई वाटरमार्कको झमेला समेत व्यहोर्नुपर्ने छैन ।
इजी सोसल डाउनलोडर विदआउट वाटरमार्क
यो एपको खास विशेषता नै तपाईं कयौं सामाजिक सञ्जालका वेबसाइट तथा एपबाट सोझै आफ्नो फोनमा फाइल डाउनलोड गर्न सक्नुहुन्छ । यो एउटै एपको सहयोगमा तपाईं करिब सबै जसो सामाजिक सञ्जालका एपबाट भिडियो र फोटो डाउनलोड गर्न सक्नुहुनेछ ।
यो एपले तपाईंलाई फेसबुक ट्वीटर र इन्स्टाग्राम आदि सामाजिक सञ्जालबाट बिना वाटरमार्क भिडियो र फोटोलाई सहज रुपमा डाउनलोड गर्ने सुविधा दिन्छ । जसलाई तपाईं सुरक्षित रुपमा राख्न तथा अरुसँग शेयर गर्न सक्नुहुन्छ ।
यो एपले पनि सामाजिक सञ्जालबाट सहज रुपमा फाइल डाउनलोड गर्ने सुविधा दिन्छ । यसको सहयोगमा प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका स्टोरीका साथै सामाजिक सञ्जाल एपबाट भिडियो र फोटो डाउनलोड गर्न सक्छन् ।
यसबाट डाउनलोड गरिएका फाइलहरु एउटै ठाउँमा स्टोर भएर बस्छन् । जसले गर्दा डाउनलोड फाइलहरु ग्यालरीमा सहजै फेला पार्न सकिन्छ । यो एपमा १२ वटा डाउनलोडर रहेका छन् ।
यसमा तपाईं एमपी फोर भिडियो, जीआईएफ, तस्वीर, इन्स्टाग्रामको पोस्टलाई पुनः पोस्ट समेत गर्न सक्नुहुन्छ । यस अलावा किक मार्फत भिडियो डाउनलोड गर्न सक्नुहुन्छ ।