close

डिशहोमले सुरु गर्‍यो सिनेमाघर इन्टरनेसनल, नयाँ हिन्दी फिल्म हेर्न पाइने

टेकपाना टेकपाना

असोज १६, २०७७ १५:५७

डिशहोमले सुरु गर्‍यो सिनेमाघर इन्टरनेसनल, नयाँ हिन्दी फिल्म हेर्न पाइने

काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू (हेर्नका लागि छुट्टै पैसा तिर्नुपर्ने) मार्फत टेलिभिजनमा हेर्न सकिने भएको छ । डिशहोमले ‘सिनेमाघर इन्टरनेसनल’ नामक नयाँ च्यानलनमार्फत यस्तो सेवा दिने भएको हो ।

उक्त च्यानल डिसहोमको च्यानल नम्बर ९९९ मा आउनेछ । सिनेमाघर इन्टरनेसनल च्यानल मार्फत शुक्रबार मात्रै भारतमा रिलिज भएको चलचित्र ‘खाली पीली’ समेत हेर्न सकिने छ ।

डिशहोमले आफ्ना ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर यस्तो खालको सेवा सुरु गरेको हो । जसमा अन्तर्राष्ट्रिय चलचित्र रिलिज गरिनेछ ।

विश्वका विभिन्न देशमा सफल भएको पे पर भ्यु अवधारणामा डिशहोमले लामो समयदेखि सेवा उपलब्ध गराउँदै आएको छ । यसअघिसम्म नेपाली चलचित्रका लागि मात्र रहेको यस्तो सेवा अब हिन्दी फिल्मका लागि पनि उपलब्ध भएको छ ।

कम्पनीका अनुसार सिनेमाघर इन्टरनेसनल च्यानमा दैनिक आठ वटा शो सञ्चालन हुनेछन् । ग्राहकले आईभिआर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार यो सेवा एक्टिभ गर्न सकिनेछ ।

साथै डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१४२१७६६६ मा फोन गरेर पनि यो सेवा लिन सकिनेछ । यसैगरी टोल फ्री नम्बर १६६००१२२००० मा फोन गरेर तथा MOD999>क्यास आईडीर>हेर्न चाहेको समय टाईप गरी ३२५८० मा एउटा साधारण एसएमएस पठाएर अनि नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क राखेर समेत न्युनतम शुल्कमा सिनेमाघर च्यानल खुलाउन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०